no-image

यो समय बिश्वभरि नै विनाशकारी समस्याहरुका रुपमा रीस, त्रास र घृणा जस्ता ध्वंसात्मक भावनाहरु बढ्दो रुपमा देखा पर्ने समय हो । दैनिक समाचारले यस्ता भावनाहरुका भयानक सम्झनाहरु दिने भएकाले हामीले उठाउनुपर्ने प्रश्न यो होः -ब्यक्ति ब्यक्तिका रुपमा हामीले तिनीहरुलाई पराजित गर्नका लागि के गर्नुपर्छ ?

यस्ता अवरोधात्मक भावनाहरु अवश्य नै सँधै मानव अवस्थाको एउटा पाटो बनेको छ । एक अर्कालाई घृणा गर्ने वा दवाउने प्रबृत्तिलाई केहीले पनि ‘उपचार’ गर्न सकिँदैन भनेर विश्वास गर्ने केही मानिसहरुले यो सरल रुपमा मानव हुनुको मुल्य हो भन्न सक्छन् । तर यस्तो दृष्ट्रिकोणले ध्वंसात्मक भावनाको मुहारमा उदासीनता उत्पन्न गर्न सक्छ जसले हामीलाई ध्वंसात्मकता हाम्रो नियन्त्रणभन्दा बाहिर छ भन्ने निष्कर्स तर्फ डोर्‍‍याउँछ ।

युद्ध र आम द्वन्द्वतर्फ डोर्‍‍याउने खतरनाक प्रबृत्ति जस्ता प्रबृत्तिहरुलाई लगाम दिनका लागि सामुहिक भएमा ब्यक्तिको रुपमा हाम्रा लागि ब्यवहारीक विधिहरु छन् भन्ने मलाई विश्वास छ । प्रमाणको रुपमा मसँग मेरो आध्यात्मिक अभ्यास र बौद्ध उपदेशहरुमा आधारित मानव अस्तीत्वबारे समझदारी मात्र छैन तर हाल आएर बैज्ञानिकरुको कार्य पनि छ ।

पछिल्लो पन्ध्र बर्ष देखि म पश्चिमा बैज्ञानिकहरुसँगको छलफलको श्रृङ्खलाको काममा सँलग्न छु । हामीले क्वान्टम भौतिक शास्त्र र ब्रह्माण्ड विज्ञान देखि करुणा र ध्वंसात्मक भावनासम्मका विषयहरुबारे दृष्टिकोणहरु आदान प्रदान गरेका छौं । बैज्ञानिक अन्वेषणहरुले ब्रम्हाण्ड विज्ञान जस्ता क्षेत्रबारे गहिरो समझदारी दिने भएको मैले पाएको छु र यस्तो लाग्छ कि बौद्ध ब्याख्याहरुले खास गरेर ज्ञान सम्बन्धि, जैविक र मष्तिस्क विज्ञानमा पश्चिममा तालिमप्रात गरेका बैज्ञानीकहरुलाई कहिलेकाही आफनो क्षेत्रलाई हेर्नका लागि नयाँ विधि दिन सक्छ ।

एकजना धार्मिक नेता बिज्ञानसँग यस्तरी सँलग्न हुनु नसुहाउने जस्तो देखिन सक्छ तर बौद्ध उपदेशहरुले वास्तविकतालाई बुझ्नुको महत्वलाई जोड दिन्छ र यसप्रकारले बैज्ञानिकहरुले प्रयोग र परिमाणद्वारा हाम्रो संसारबारे सिकेका कुराहरुमा ध्यान केन्द्रीत गर्नु पर्छ ।

त्यस्तै गरेर मनको कार्यलाई अनुसंधान गर्ने बारेको बौद्धहरुको पच्चिस सय बर्षको इतिहास छ । शताब्दीभरी नै कैयन अभ्यासकर्ताहरुले हामीले ‘प्रयोगहरु’ भन्ने गरेको ध्वंसात्मक प्रबृत्ति प्रतिको हाम्रो भावनालाई कसरी पराजीत गर्ने भन्नेबारे कार्य गरेका छन् । मैले बैज्ञानिकहरुलाई ज्ञानबृद्ध तिब्बती आध्यात्मिक अभ्यासकर्ताहरुलाई यी अभ्यासहरुद्वारा धार्मिक सर्न्दर्भ बाहिरका अन्य मानिसहरुका लागि के लाभ पुर्‍‍याउन सकिन्छ भनेर जाँच गर्न प्रोत्साहन दिदै आएको छु ।

यसको उद्देश्य मन, स्मृति र हाम्रो भावनाहरुको संसारप्रतिको बुझाईलाई बृद्धि गर्नु हो । यसकारणले मैले विस्कोनसिन विश्वविद्यालयका डा. रिचार्ड डेभिडसनको स्नायु विज्ञान (न्यूरो साईन्स) प्रयोगशाला भ्रमण गरें । ध्यानको अवस्थामा मष्तिस्कमा के हुन्छ भन्ने कुरा देखाउने इमेजीङ्ग डिभाइसहरुलाई प्रयोग गरेर डा. डेभिडसन्ले करुणा, समता वा स्मृति जस्ता बौद्ध अभ्यासहरु आवाद गर्नुको असरहरुलाई अध्ययन गर्न सक्नुभएको छ ।

यस्ता अभ्यासहरुको पछि लाग्नाले मानिसहरु बढि शान्त, खुशी र प्रेममय हुनुका साथै मानिसहरु ध्वंसात्मक भावनाहरु प्रति कम भन्दा कम मात्रामा उन्मुख हुन्छन् भन्नेकुरा बौद्धहरुले शदियौं देखि विश्वास गर्दै आएका छन् । डा. डेभिडसन्का अनुसार यस विश्वासलाई रेखाङ्कति गर्नका लागि अब बिज्ञान पनि छ ।

सकारात्मक भावनाहरुको प्रादुर्भाव यस कारण हुन सक्छः स्मृतियुक्त ध्यानले त्रास र क्रोधलाई तान्ने कार्य गर्ने मष्तिस्कको एउटा भागलाई शान्त बनाउने स्नायू कुण्डलीलाई बलियो बनाउँछ भनेर डा. डेभिडसन् मलाई भन्नुहुन्छ । यसले हाम्रा लागि मष्तिस्कको हिसात्मक संवेग र हाम्रो कार्यहरुको बिचमा एक प्रकारको मध्यवर्ती उत्पन्न गर्ने मार्ग को संभाब्यतालाई उत्पन्न गर्छ ।

अति अवरोधात्मक अवस्था सामना गर्नु पर्दा खेरी पनि केही अभ्यासकर्ताहरुले आन्तरिक शान्तिको अवस्था प्राप्त गर्न सक्छन् भन्ने देखाउने प्रयोगहरु गरिसकिएका छन् । बन्दुक पडकेको आवाज जत्तिकै थर्किने आवाजले समेत हामीले परिक्षण गरिरहेको बौद्ध भिक्षुलाई झस्काउन असफल भयो भनेर क्यालिफोर्निया विश्वविद्यालय, सानफ्रान्सीस्कोका डा. पउल एकमेनले मलाई भन्नुभयो । यस्तो अवरोधको अवस्थामा पनि शान्त भएर रहन सकेको आफूले कसैलाई पनि कहिले पनि देखेको थिइनँ भनेर डा. एकमेन भन्नुहुन्छ ।

अर्का भिक्षु -भारतमा रहेको हाम्रो गुम्बाहरु मध्येको एक गुम्बाका मठाधिसको मष्तिस्कको तरङ्गहरुलाई नाप्नका लागि डा. डेभिडसन्ले Electroencephalographs प्रयोग गरेर परिक्षण गर्नुभएको थियो । डा. डेभिडसनका अनुसार ती मठाधिसको मष्तिस्क केन्द्रमा उहाँको प्रयोगशालामा नाप गरिएकोमध्ये सवैभन्दा बढि मात्रामा सकारात्मक भावनाहरुसँग मिल्ने क्रियाकलापहरु थिए ।

यी अभ्यासका लाभहरु एकपटकमा महिनौंसम्म ध्यान शिविरमा समय विताउने भिक्षुहरुका लागि मात्र अवश्य नै होइनन् । ठुलो मात्रामा तनाव उत्पन्न हुने प्रकृतिको जागिर खाने मानिसहरुबारे गरिएको उहाँको सोध-कार्यका बारेमा डा. डेभिडसनले मलाई भन्नुभयो । यी अबौद्ध मानिसहरुलाई सोचाई र वेदनाको चंगुलमा नपर्ने तर बगिरहेको नदीलाई हेरेको जस्तै गरेर तिनीहरुलाई आउन र जान दिने सावधानिको अवस्थाको मन -स्मृतिबारे शिक्षा दिइयो । आठ हप्ता पछि डा. डेभिडसनले ती ब्यक्तिहरुमा उनीहरुको मष्तिष्कको सकारात्मक भावना स्फुरण हुनलाई सहायता गर्ने भाग बढदो रुपले सकृय भएको पाए

यी सवैको तात्पर्य स्पष्ट छः आजको विश्वलाई स्थायित्व निश्चय गर्ने र जस्तो सुकै प्रकारको अचाक्ली वा आक्रमण सहनु परेको भए पनि ‘शत्रु’ संग वार्तामा संलग्न हुने तर्फ कार्य गर्ने नागरिक र नेताहरुको आवश्यकता छ ।

यी विधिहरु उपयोगी मात्र छैनन् तर खर्चालु पनि नभएकाले यो ज्यादै ग्रहणयोग्य छ । तपाईलाई कुनै औषधि वा सुइ चाहिँदैन । तपाईं बौद्ध हुनु पर्छ भन्ने आवश्यक पनि छैन अथवा कुनै खास धार्मिक विस्वास अनुशरण गर्नु पनि पर्दैन । शान्त र अर्थपूर्ण जीवन जीउने सम्भाव्यता सवैमा छ । त्यसलाई कसरी ल्याउन सकिन्छ भनेर हामीले यथासक्य खोज गर्नै पर्छ ।

यी विधिहरुलाई मैले आफ्नै जीवनमा लागू गर्ने प्रयास गर्छु जब म खराब समाचार सुन्छु, विषेश गरेर जब मेरा सहपाठी तिब्बतीहरुबाट दुःखद् कथाहरु सुन्छु, प्राकृतिकरुपले मेरो आफ्नो प्रतिक्रिया दुःखी हुन्छ । यद्यपि सन्दर्भमा राखेर म उचित तवरले आफूले राम्ररी सामना गरिरहेको पाउँछु र मनलाई सरल रुपले विषाक्त बनाउने र हृदयलाई कुँढिलो बनाउने असहाय क्रोधको अनुभव खराब भन्दा खराब समाचार पछि पनि ममा विरलै उत्पन्न हुन्छ ।

तर चिन्तनले देखाउँछ कि हाम्रो जीवनमा हाम्रा कष्टहरु मध्येका धेरैजसो बाह्य कारणहरुद्वारा उत्पन्न भएका हुदैनन् तर अवरोधात्मक भावना उत्पन्न हुने जस्ता आन्तरिक घटनाहरुद्वारा उत्पन्न भएका हुन्छन् । यस ध्वंसको सवैभन्दा असल प्रतिविष यी भावनाहरुलाई सामना गर्ने हाम्रो क्षमतालाई बृद्धि गर्नु हो ।

यदि मानवता जीवित रहनु पर्छ भने खुशी र आन्तरिक संतुलनहरु निर्णायक हुन्छन् । नत्रभने हाम्रा बाल बालिकाहरुको र उनीहरुको बाल बालिकाहरुको जीवन समेत दुःखी, उद्दण्ड, र छोटो हुन सक्न । भौतिक विकासले निश्चितरुपमा केहि हदसम्म खुशी र सुविधाजनक जीवनमा योगदान गर्न सक्छ । तर त्यो यथेष्ट हुदैन ।

गहन स्तरको खुशी प्राप्त गर्नका लागि हामीले आफ्नो आन्तरिक विकासलाई वेवास्ता गर्न सक्तैनौं । नौ/एघारको विपत्तिले घृणाले मार्गनिर्देशन गरेको आधुनिक प्रविधि र मानव विद्वताले ठुलो विनाशतर्फ डोर्‍‍याउँछ भन्नेकुरा प्रदर्शन गरेको छ । यस्ता भीषण कार्यहरु एउटा कष्टदायी मनस्थीतिको हिंसात्मक लक्षण हो । बुद्धिमत्तापूर्वक र प्रभावकारी प्रतिक्रिया जनाउनका लागि -घृणाको ज्वालालाई दन्काउनबाट टाढा नै रहनका लागि मात्र होइन तर उपाय-कौशलयुक्त भएर प्रतिक्रिया गर्नका लागि हामी अझ बढि स्वस्थ्य मनस्थीतिद्वारा मार्गनिर्देशन गरिएको हुनु पर्छ । घृणा र अतंकको विरुद्धको युद्ध यसबाट मात्र लडन सकिन्छ आन्तरिक अग्रभागबाट पनि लडन सकिन्छ भन्ने कुरालाई सम्झेर हामीले असल कार्य गर्न सक्छौं ।
अनुवाद : मुकेश लामा

प्रकाशित मिति २५ पुष २०७७, शनिबार १२:२७

सम्बन्धित समाचारहरु