फरक शेर्पा किदुकको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा पुन आङ छेतर शेर्पा

काठमाडौँ, पौष १ । फरक शेर्पा किदुक काठमाडौँको तेस्रो महाधिवेशन सम्पन्न भएको छ । महाधिवेशनबाट पुन अध्यक्षमा आङ छेतर शेर्पा निर्वाचित भएको छ । फरक शेर्पा किदुक स्थापना पछि आङ छेतर शेर्पाको यो दोश्रो कार्यकाल हो । दोस्रो अधिवेशनबाट निर्वाचित भएसगै शेर्पाको पहलमा फरक शेर्पा किदुकले आफ्नै भवन खरिद गर्न सफल भएको थियो । किदुकको भवन फैक चोक, कपन काठमाडौमा रहेको छ । सोलुखुुम्बु जिल्लाको माथिल्लो भेगमा रहेका शेर्पाहरुले आफ्नो भाषा, कला, संस्कृति संरक्षण अभियानका लागि किदुक स्थापना गरेका थिए । किदुकले परम्परागत नृत्य स्याबु्रको प्रशिक्षणसगै संरक्षण गरिरहेको छ भने भाषाको संरक्षणलाई पनि जोड दिदै आएको छ ।

किदुकको तेस्रो महाधिवेशन मसिर २९ गते शनिवार किदुकको भवनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति १ पुष २०७५, आईतवार ०९:४८