फरक शेर्पा किदुकले खरिद गरे आफ्नै निजी भवन

 

काठमाडौँ, पौष २५ । काठमाडौँ, केन्द्रमा कार्यलय व्यावस्थापन गर्न फरक शेर्पा किदुकले आफ्नै निजी भवन फैका चोक, कपन काठमाडौँमा खरिद गरेको छ ।
सोलुखुम्बु जिल्ला माथिल्लो भेग पासाङ ल्हमु गाउँ पालिका वडा न २ र ३ बाट रोजगारी, उच्च शिक्षा अध्ययनका लागि अस्थायी तथा स्थायी रुपमा काठमाडौमा बसोबस गर्दै आएका विदेशमा रहेका शेर्पाहरुको सहयोगमा भवन खरिद गर्न सफल भएको फरक किदुकका अध्यक्ष आङ छेतार शेर्पाले जानकारी दिनुभयो ।
किदुक विशेषत शेर्पा भाषा, कला संस्कृतिको संरक्षण गर्नका लागि स्थापना गरेको जानकारी दिनु भयो । किदुकका हरेक गतिविधि गर्न कठिनाइ भएकोले गर्दा भवन खरिद गर्न परेको शेर्पाले जानकारी दिनुभयो ।
भवन नहुदा कार्यलय, किदुकले गर्दै आएको स्याबु्र नृत्य प्रशिक्षण लगायत विभिन्न गतिविधि भाडाँको घरमा गर्न कठिनाइ हुने गरेको थियो अव आफनै निजी भवन भएपछि हरेक गगिविधि गर्न सजिलो हुने अध्यक्ष शेर्पाले जानकारी दिनु भयो
आज किदुकले खरिद गरेको भवनमा कार्यलय सारिएको छ भवनको चाडै नै उत्घाटन गर्ने तयारीमा किदुक लागि परेको छ ।

प्रकाशित मिति २५ पुष २०७४, मंगलवार १०:५६