फाप्लु अस्पतालमा बिरामीको चाप बढ्यो, व्यवस्थापनमा समस्या

सोलुखुम्बु :   जिल्ला अस्पताल फाप्लुमा बिरामीको चाप बढेको छ । पछिल्लो  एक साता यता बिरामीको चाप अत्याधिक बढेको अस्पतालका सुचना अधिकारी बिजय प्रकाश ठाकुरले बताउँनुभयो ।  अस्पतालमा पछिल्लो समय रुघाखोकी तथा दिर्घरोगीका बिरामीको चाप बढेसँगै व्यवस्थापनमा समेत चुनौती थपिएको अस्पतालले जनाएको छ ।उहाँकाअनुसार १५ वेडको अस्पतालमा अहिले २४ जना बिरामी भर्ना गरि उपचार भइरहेको छ ।

यस्तै ८ जना कोरोना संक्रमित मध्ये १ जनाको आइसियु र ७ जनाको आइसोलेसनमा उपचार भइरहेको अस्पतालले जनाएको छ । १५ बेडको स्वीकृती  पाएको अस्पालमा बिरामीको संख्या बढ्दा व्यवस्थापनमा भने समस्या भएको छ । बेडको समस्या हुदा  कोरोना संक्रमितको लागी तयार गरिएको बेडमा उपचार गराउनुपर्ने बाध्यता रहेको अस्पतालले जनाएको छ ।ओपडिमा समेत दैनिक १ सय  भन्दा बढि बिरामी आउने भएकाले जनशक्तिको समेत अभाब भएको अस्पताले जनाएको छ । नेपाल सरकारले निशुल्क बितरण गर्ने औषधी अस्पतालको फार्मेसीमा  भएपनि बाहिरबाट  खरिद गनुपर्ने  औषधीमा भने समस्या भएको छ ।

रातको समयमा फार्मेसी बन्द हुदा  बिरामीलाई समस्या भएको नबीन थापाले गुनासो गर्नुभयो ।यता अस्पताल सञ्चालक तथा व्यवस्थापन समितिका संयोजक वीरकुमार राईले उपलब्ध सबै स्रोत साधन प्रयोग गरि स्वास्थ्य सेवा प्रदान गर्ने भन्दै प्रदेश र संघीय सरकारसँग समन्वय गरि ५० शैयामा स्तरउन्तोनी गर्ने प्रक्रिया अगाडी बढेको बताउँनुभयो ।
-solu FM

प्रकाशित मिति ११ भाद्र २०७८, शुक्रबार १९:२०

सम्बन्धित समाचारहरु