बारिस्टा दाबुटीको अभियानमा मिस शेर्पाको सहयोग

बारिष्ता दाबुटीको अभियानलाई सरकारी देखि गैरसरकारी निकायबाट सहयोग

हाम्रो सगरमाथा हाम्रो गौरव कृषि विकाशमा हाम्रो पौरख भन्ने मुल नाराका साथ यही बसन्त ऋतुमा विस्वको सर्वोच्च शिखर सगरमाथा अारोहणको अभियानमा रहेका शेर्पालाई मिस शेर्पा 2017 सोनाम डोल्माले सहयोग गरेको छ । शेर्पाले दावा बुटी शेर्पाको अभियान सफल पर्न शनिबनर राजधानीमा अायोजित कार्यक्रममा सहयोगको गोषणा गरिएको थियो । त्यसैगरी शेर्पा समुदायका बालनवा गायिका लोप्साङ छोडेनले समेत सहयोग गरिएको छ ।

बारिष्था दावा शेर्पाको अभियानलाई सफल पार्न शेर्पा समुदाय लगायत सरकारी निकायबाट समेत सहयोग प्रप्त भएको छ । रोल्वालिङ शेर्पा सास्कृतिक समाजको भवनमा अयोजना गरिएको कार्यक्रममा कृषि बिकाश मन्त्रलयबाट सहयोग पाउने भएको छ भने नेपाल शेर्पा संघका अध्यक्ष एडि लामाले पनि सहयोग गर्ने भएको छ ।

शेर्पाको अभियान सफल पर्न अारोही शेर्पाको अाफन्तबाट पनि सकरात्मक सहयोग गरिएको छ । पछिलो समय नेपाली युवा शक्ति बैदेशिक रोजगारीमा हुमिना बाध्य भएको समयमा नेपालको कफीलाई प्रमोशन सँगै नेपालमा नै रोजगारी पाउन सकिन्छ भन्ने सन्देश प्रवाह गर्ने उदेश्यले अभियान अघि बढेको शेर्पाले विगत ६ वर्ष देखि यस कफी क्षेत्रमा नै कार्य गर्दै अाई रहनु भएको छ । शेर्पाले हाल सम्मा चार सय भन्दा बढी युवाहरूलाई कफी सम्बन्धि प्रशिक्षण दिदै अाई रहनु भएको छ ।

प्रकाशित मिति २१ फाल्गुन २०७४, सोमबार १३:२९