बेलायतबाट गायिका जलजला परियारको उपचारको लागि सहयोग

महिला दिवसको अगवसरमा गायिका जलजला परियारको मृगौला प्रत्यारोप उपचारका लागि बेलायतबाट रु २,१७,६६६ सहयोग गरेको छ । Tidworth sulford amesbary larkshil र नेपाली समुदायले charity music night को आयोजना गरि संकलन गरि पठाएको रु २,१७,६६६.९८ आज जलजला परियारको निवास गङ्गबु गणेशथान चोकमा सगरमाथा आरोहण अभियानमा रहेकी पत्रकार डोमा शेर्पा र सन्देश गुरुङ्ले हस्तान्तरण गरिएका छन ।

सहयोगीहरुको नामावाली यस प्रकार रहेको छ
आङ छिरिङ शेर्पा
कुमार पुन
जीवन राई
सन्देश गुरुङ

मौसमी शाही रहेका छन । परियारको बारेमा सामाजिक सन्जालमा सहयोगको अपिल देखेकोले गर्दा धेर थोर सहयोग गर्नका लागि रकम सन्कलन गरि पठाएको संयोजक आङ छिरिङ शेर्पाले जानकारी दिनुभयो ।

जलजला परियार भोलि बिहान इन्डिय मृगौला प्रयारोपनका लागि जाँदै छिन । शृग्र स्वस्थ्य लाभको कामना ।

प्रकाशित मिति २४ फाल्गुन २०७४, बिहीबार १२:३३