no-image

पोखरा, असार ४ । गण्डकी प्रदेश अन्तर्गत हिमाली जिल्ला मनाङमा पनि कोरोना संक्रमीत भेटिएको छ ।

स्थायी ठेगाना कपिलवस्तु बाणगंगा–१४ घर भइ मनाङ बस्दै आएका ५७ वर्षीय पुरुषमा कोरोना भेटिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बिहीबार विज्ञप्तिमार्फत जनाएको छ । मनाङको चामेस्थित सरकारी कार्यालयका कर्मचारी रहेका उनी हालैमात्र घर गएर मनाङ फर्किएको थिए ।

योसँगै नेपालमा कोरोना भाइरसको संक्रमण ७४ जिल्लामा पुगेको छ । प्रदेश एकको ओखलढुंगा, गण्डकीको मुस्ताङ र वाग्मतीको रसुवामा भने अहिलेसम्म संक्रमण देखिएको छैन ।

श्रोत: इकान्तिपुर

प्रकाशित मिति ४ असार २०७७, बिहीबार १२:५२