माघ २४ गते शेर्पा गुम्बामा ल्हप्सो कार्यक्रम हुने

हिमाली समुदायको महान पर्व २१४६ स मो फाक् लो ग्याल्पो लोसार सुरु भएको छ । शेर्पा गुम्बामा बार्षिक रुपमा ल्हप्सो व्यावस्थापन समितिले आयोजना गर्दै आएको ल्हप्सो यस वर्ष माघ २४ गते हुने आयोजन समितिले जानकारी दिएको छ ।
ल्हप्सो कार्यक्रम २०७५ माघ २४ गते हुनेपर्नेमा फाल्गुन २५ गते लेखिएकामा आयोजक समितिले यसलाई सच्चाइ नयाँ सुचना जारी गरेको आयोजक कर्मा ग्याल्जेन शेर्पाले हिमाली सन्देशलाई जानकारी दिनुभयो ।
ल्हप्सो सम्बन्धीको कार्ड कसैलाई फाल्गुन महिनाको पाएको भए यसै सुचनालाई आधार मानी माघ २४ गते शेर्पा गुम्बामा आइ ल्हप्सो कार्यक्रममा सहभागी भइदिन हुन आयोजक समितिले आग्रह गरेको छ ।
सम्पुर्ण लोसार प्रेमीहरुलाई माघ २४ गते ल्हप्सो कार्यक्रममा सहभागी भइ दिन आयोजक समितिले आग्रह गरेको छ ।

प्रकाशित मिति ६ माघ २०७५, आईतवार १२:०६