मार्च ८ मा शेर्पा किदुक दोहा कतारले लोसार कार्यक्रम गर्दै

हिमाली समुदायहरुको महान पर्व २१४६ औँ स मो फाक् लो ग्याल्पो लोसारको अवसरमा शेर्पा किदुक दोहा कतारले ग्याल्पो लोसार बृहत सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ ।
फाल्गुन २४ मार्च ८ तारिकका दिन लोसार कार्यक्रम गर्ने तयारी गरिरहेको अध्यक्ष ङवाङ कुसाङ शेर्पाले जानकारी दिनु भयो । यो किदुकको पहिलो प्रस्तुति रहेको पनि जानकारी दिनुभयो ।
गायक गम्बु शेर्पा, विवेक लामा (व्याइस अफ नेपाल टप १० सम्म पुग्न सफल भएका थिए उनको बेजोड प्रस्तुति रहने छ) , गायिका निर्मला घिसिङ, गायक लाक्पा अमोद र डिजे तेन्जीको बेजोड प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ ।

प्रकाशित मिति २५ पुष २०७५, बुधबार १४:२३