मिस्टर एण्ड मिस टिन शेर्पाले देखाए ट्यालेन्ट सो

काठमाडौं – मिस्टर एण्ड मिस टिन शेर्पा २०१९ का प्रतियोगीले आ–आफनो प्रतिभा प्रस्तुत गरेका छन । शनिबार काठमाडौको बौद्धमा आयोजित ट्यालेन्ट सो कार्यक्रममा उनीहरुले आफनो प्रतिभा देखाएका हुन् ।

गौतम बुद्ध फिल्मस्ले आयोजना गरेको ट्यालेन्ट सो मा २५ जनाले गीत, नाच, चित्रकला तथा वक्तव्य मार्फत आफनो कला प्रस्तुत गरे । मिस्टर टिन शेर्पा उपाधिका लागि १० जना किशोर र मिस टिनका लागि १५ जना किशोरीले अडिसन राउण्ड पार गदै ट्यालेन्ट सो राउण्ड आईपुगेका हुन । प्रतियोगिताको फाइनल माघ १ गते काठमाडौको प्रज्ञा भवनमा हुनेछ ।

कार्यक्रमका प्रमुख अतिथि एवं नेपाल पर्वतारोहण संघका पूर्व अध्यक्ष आङ छिरिङ शेर्पाले यस्तो खालको अवसरले शेर्पा किशोर किशोरीलाई आत्मविश्वास बढाउन मूख्य भूमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले शेर्पा जातिकै भाषा तथा संस्कृतिलाई आगामी दिनमा प्राथमिकता दिन पनि आयोजकलाई सुझाव दिए । आयोजक गौतम बुद्ध फिल्म्स प्रा.लि.का प्रवन्धक लाक्पा शेर्पा (अमोद) ले किशोर र किशोरीहरुमा भएको खुबीलाई प्रस्फुटन गराउन र आत्मबल बढाउन प्रतियोगिताको आयोजना गरेको बताउनुभयो

तस्बिर ङवाङ शेरा शेर्पा

प्रकाशित मिति २२ पुष २०७५, आईतवार ०७:०७