मिस शेर्पा २०१७ को पहिलो चरण सम्पन्न

काठमाण्डौ,१२–पौष, डिपास ईन्टरनेशनलद्वारा बुधबार काठमाण्डौको भृकुटी मण्डपमा मिस शेर्पा २०१७ को पहिलो चरणको सुन्दरी प्रतियोगिता कार्यक्रमको आयोजना गरिएको छ । वाक शक्ति र कला सँस्कृतिको प्रर्वधन तथा विकासका लागी कार्यक्रमको आयोजना डिपासका अध्यक्ष्य तथा ईन्टरनेशनलका डाईरेक्टर पासाङ ( छेलामु ) शेर्पाले बताईन् ।

सो कार्यक्रममा १२ जना प्रतिस्पर्धीहरुले सहभागीता जनाएका थिए । कार्यक्रममा सहभागी प्रतिस्पर्धीहरुले विभिन्न विधामा रही आफ्नो प्रतिभाहरु देखाएका थिए । कसैले गीत , नृत्य प्रस्तुत गरेका थिए भने कुनै जलवायु तथा कफि बनाउने तरिका जस्ता विषयमा आफ्नो प्रतिभाहरु देखाएका थिए ।

प्रतिभा प्रस्तुति कार्यक्रममा व्यक्तित्व विकासका प्रशिक्षक थेन्डुप शेर्पा, मिस शेर्पा २०१२ छिमी शेर्पा, होटल व्यवसायी फेसन इभेन्टका समीर क्षत्री, कलाकार सुशान्त कार्की निर्णायकको भूमिकामा थिए ।
प्रतिभा प्रस्तुति कार्यक्रममा नेपाल शेर्पा संघका अध्यक्ष एडी शेर्पा लामालगायत शेर्पा समूदायका पर्यटन व्यवसायी, कलाकार, उद्योगीहरुको उपस्थिति थियो ।
उक्त प्रतियोगिताको आधिकारिक आयोजक डिपास ईन्टरनेशनलका डाईरेक्टर पासाङ (छेलामु ) शेर्पाले प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा पौष १४ गते तिनकुनेको रोयल ईभेंटमा हुने जनाएकी छिन ।

प्रकाशित मिति १३ पुष २०७४, बिहीबार ०९:४७