मिस शेर्पा २०१७ को विजेता सोनाम डोल्मा लामा शेर्पा

काठमाडौँ, पौष १५ । मिस शेर्पा २०१७ को उपाधी सोलुखुम्बुकी सोनाम डोल्मा लामा शेर्पा जित्न सफल भएकी छिन । भने सेकेन्ड रनर अफ मिङ्मा याङजी शेर्पा, फस्ट रनर अफ लमु शेर्पा भएकी छिन ।

१२ जना प्रतिस्प्रधिलाई पछि पार्दै सोलुखुम्बु जिल्ला दुधकुण्ड नगरपालिका वडा न २ की सोनाम डोल्मा लामा शेर्पाले उपाधी जित्न सफल भएकी हुन ।

बुधवार भएको ट्यालेन्ट सोमा शेर्पाले नेपाली नृत्य प्रस्तुत गरेकी थिइन । भने आज जजले सोधेको प्रश्नमा शेर्पाले भाषा, कला, सांस्कृतिको संरक्षण गर्न लागि पर्ने बताएकी थिइन ।

मिस शेर्पा २०१२ को टप ५ मा पुगेकी शेर्पाले यस बर्ष २०१७ मा उपाधी हात पार्न सफल भएकी हुन । विभिन्न फेसन सो, विभिन्न सामाजिक कार्यमा सहभागी हुदै आएकी छिन भने हाल हिमालयन शेर्पा सांस्कृतिकको पनि सचिव पदमा कार्यरत छिन

प्रकाशित मिति १५ पुष २०७४, शनिबार ०१:२९