मोलुङ गाउँपालिकाको ७ नं वडा कार्यालयलाई नि:शुल्क जग्गा प्राप्त

पासाङ शेर्पा, ओखलढुंगा, असोज १४ । भवन निर्माणार्थ जिल्लाको मोलुङ गाउँपालिका वडा नं ७ लाई नि:शुल्क जग्गा प्राप्त भएको छ । वडा कार्यालयलाई सोही वडाका स्थानीयले ७ रोपनी जग्गा हस्तान्तरण गरेका हुन् ।

स्थानीय पसी शेर्पाले ३ रोपनी, कानुरी शेर्पाले २ रोपनी, आङ पेमा शेर्पाले १ रोपनी, ङिमा शेर्पाले १ रोपनी जग्गा नि:शुल्क प्रदान गरेको वडा नं ७ का वडाध्यक्ष हेमबहादुर सुनुवारले जानकारी दिए ।

Source: okhaldhungakhabar

प्रकाशित मिति १५ आश्विन २०७७, बिहीबार ०६:३९