शेर्पा किदुग अमेरिकाले यस बर्ष पनि छात्रवृत्ति प्रदान गरिने

युनाइटेड शेर्पा एसोसिएशन अमेरिकाले विगत केहि वर्षदेखि नेपालका विभिन्न क्षेत्रमा अध्ययनरत कमजाेर आर्थिक अवस्था भएका, जेहेन्दार, ईमान्दार र उच्च शिक्षा हासिल गर्न ईच्छुक शेर्पा विद्यार्थीहरुलाई प्रदान गरिदै आइरहेकाे छात्रवृत्ति कार्यक्रम यस बर्षपनि निरन्तरता पाउने भएकाे छ ।

आगामी शैक्षिक सत्रको लागि ६ जना विद्यार्थीहरुलाई भिविन्ना शीर्षकमा छात्रवृत्ति दिन किदुगले पालजर शेर्पाको संयोजकत्वमा छात्रवृत्ति समितिका गठन गरिएको छ।

समितिबाट छनौट प्रक्रियामा छानिएका विद्यार्थीहरुलाई नेपालको विभिन्न शैक्षिक संस्थानहरुमा निम्न उल्लेखित विषयहरु र तहहरुमा अध्यायनको लागि प्रति विद्यार्थी वार्षिक $१००० (एक हजार डलर ) का दरले वार्षिक कुल $६०००।०० (छ हज़ार डलर ) छात्रवृत्ति स्वरूप आर्थिक सहयोग प्रदान गर्ने निर्णय भएकोले सोहि बमोजिम ईच्छुक शेर्पा विद्यार्थीहरुले October 31, 2020 भित्र निम्न उल्लेखित मापदंडलाई मद्देनज़र गरि निवेदन पेश गर्न हुन यो सूचना जारी गरिएको छ ।

छात्रवृत्ति पाउने विषयहरु तथा पेश गर्नुपर्ने कागजपत्रहरु हेर्न यहाँ गर्नुहोस।

प्रकाशित मिति २२ भाद्र २०७७, सोमबार १७:२०