१८ माघ/लिस्बन – अबको केहि दिनभित्र पत्रकार महासंघ युरोप भित्रका तीनवटै शाखाहरुको अधिवेशनको बैधानिक प्रक्रिया पुरा हुने सुनिश्चित अबस्था सृजना भएको छ। पत्रकार महासंघ युरोप शाखाका नेतृत्वलाई आधिकारिक सर्कुलर सहित पठाएको पत्रमा बैधानिक दायरामा रही अधिवेशनको लागि पठाएको पत्रमा समय अबधि भित्र अधिवेशन पुरा गरि अवगत गराउन निर्देशन केन्द्रले सर्कुलर गरेको छ।
पत्रकार महासंघ युरोपका तीन वटै शाखाहरुलाई तुरुन्त बिधान अनुशार अधिवेशन गर्नकोलागि केन्द्रले परिपत्र गरेको छ। पत्रकार महासंघ युरोप शाखाको केन्द्रिय प्रतिनिधिको रुपमा एफएनजे बेलायतका पुर्व अध्यक्ष चिरन शर्मालाई तोकेको छ भने बेल्जियम र पोर्चुगल शाखाको अधिवेशनमा प्रतिनिधिको रुपमा क्रमश क्रम बरिष्ठ पत्रकार भागिरथ योगी र बेलायतका बहालवाला अध्यक्ष नरेश खपांगी मगरलाई तोकेको छ।
युरोप शाखाले बैधानिक प्रक्रियाको माग सहित केन्द्रलाई गराएको ध्यानाकर्षण अनुसार शाखा भएको देशका पत्रकारहरु सम्बन्धित शाखामा रहनु पर्ने छ। त्यस्तै शाखा भएको देशका ब्याक्ति सम्बन्धित शाखामा रहनु पर्ने बैधानिक नियम कुनै पनि शाखाको हकमा लागु हुने छ। संगठन भित्रका पत्रकारहरु बीच बृहद छलफल र सामुहिक निर्णय अनुशार अधिवेशनको मिति तय गरिने जानकारी गराउने कुरा पत्रकार महासंघको आधिकारिक निकायले जानकारी गराएको छ।
छुटेका सदस्यहरुको अभिलेखीकरण, नबिकरण र छानबिन पछि केन्द्रमा पठाउने अन्तिम नामावलीको समेत छलफलमा सहभागी हुन पत्रकार महासंघ युरोप शाखाका कार्यबाहक अध्यक्ष डिल्ली अम्माईले जानकारी दिएका छन। ‘युरोप शाखाभित्रको बिबादको बिषय, २०१७ सालमा दर्ता भएको पत्रकार महासंघ युरोप शाखाको एकल निर्णयबाट दर्ता खारेज गरि पुन आफ्नो परिवारको नाममा पुन दर्ता गराएको बिषय र गत अधिवेशनमा पारित नभएको बिधानको बिषय जस्ता कुराहरु समेतबारे भ्रम पार्न खोजिएकोले ति बिबादित बिषयलाई खारेज गर्दै समय सिमा भित्र अधिवेशनको लागि केन्द्रले दिएको निर्देशनको ससम्मान पालना गर्नुको शाखाहरुसंग अन्य विकल्प छैन’ भन्दै युरोप शाखाले बैधानिक प्रक्रिया पुरा गर्ने निर्देशनको लागि केन्द्रिय समितिलाई सम्मान गर्दै धन्यबाद ज्ञापन गरेको छ ।
प्रकाशित मिति १९ माघ २०७७, सोमबार ०३:५३