लोसार  ,ल्हाेछार कि   ल्होसार ?

फुर्वा शेर्पा /जापान, विशेषत: तिब्बती, नेपालको शेर्पा, गुरुङ र तामाङ जातीले नयाँ वर्षको रुपमा मनाउने नेपालको एक मुख्यपर्व हो । लोसार बौद्ध धर्म अनुयायी तामाङ्ग, शेर्पा, गुरुङ, थकाली आदि जातीले महत्वपूर्ण पर्वका रूपमा मनाउँछन् । यो चाड नेपालकाविभिन्न जातजाती, धर्मालम्वी खासगरी मंगोल मूलका केही प्रजातिहरूले धुमधामका साथ मनाउछन् । यद्यपि पछिल्लो समयमा नेपालमा बसोबास गर्ने सबै जातीले यो चाड मनाउन थालेका छन् । लोसार पर्वका लागि नेपालमा सार्वजनिक विदा समेत दिन थालिएकाे छ । लोसार ,ल्हाेछार वा ल्होसार जे भनिएतापनि समग्रमा नयाँ बर्ष भन्ने अर्थ जनाउछ ।बिशेषगरी शेर्पा ,टिब्बतियनहरुले लाेसार भन्ने गर्दछन ।त्यस्तै तामाङल्हाेछार र गुरुङहरुले ल्हाेसार भन्ने गरेकाे पाइन्छ ।अहिले आएर अधिकाँश मानिसहरु लाेसार,ल्हाेछार कि ल्हाेसार के भन्ने ,के भनेर लेख्ने भन्ने भ्रममा परेकाे देखिएकाे हुदा याे सामग्री प्रस्तुत गरेकाे छु ।


ग्यल्पाे लाेसार :
बौद्ध धर्मावलम्बीहरूको एक प्रमुख चाड हो । यो चाड खासगरी शेर्पा जातीले मनाउने भएतापनि सांस्कृतिक घुलमिलकाकारण अन्य जातिले पनि मनाउने गर्दछन् । यस चाडमा नेपालमा सार्वजनिक विदा दिइन्छ । शेर्पा समुदायमा लोसार अथवा नयाँ साल आउनु भन्दा २-३ दिन अगाडि घर,आगन सबै ठाउँ सफा गर्ने र ग्रह शान्तिको प्रतिक घर सफागर्दा निस्केको फोहोरलाई चौबाटोमा फ्याक्ने परम्परागत प्रचलन छ । प्रचलनअनुसार सबैले खाइसकेको वाकी अशं दोबाटोमा फाल्नुपर्छ। घर सफा गरी फोहोर मैला फालीसके पछि जसमा गुथुक (नौ प्रकारका गेडागुडी मिसाइ जस्तै मकै, भटमास, केराउ, चना, मुला, चामलआटा आदि मिसाई बनाइएको एक परिकार) सबै परिवार मिलि खाने गरिन्छ । यो खाना सर्वप्रथम भगवानलाई चढाएपछि मात्र खानुपर्छभन्ने परम्परा पनि छ । परिवारको सख्यां अनुसार पिठोका डल्लाहरू बनाई त्यसभित्र विभिन्न किसिमका (कागज, घ्यू, नुन, खुर्सानी, कोइला आदि इत्यादि) सामग्री राख्ने गरिन्छ । ती सामाग्रहरूमध्ये कागजको अध्ययनशील, घ्यूको चाप्लुसी, खुर्सानीको रिसाउने, कोइलाको डाह गर्ने जस्ता फरकफरक रूपमा अथ्र्याइएको हुन्छ ।

गुथुक खाने बेला आफ्नो भागमा जुन सामग्री पर्‍यो त्यहि प्रकारकोबानी हुने विश्वास गर्ने गरिन्छ । गुथुक खाइ सकेपछि पुरानो साललाई विदाइ गर्दे नयाँ सालको पहिलो दिन विहान सवेरै चराचुरुङ्गीअथवा कोही पनि नउठिसकेको वेला (रातको २-३ बजे) उठेर पानी पधेरामा गई हातमुख धोइ पानी लिन जाने र पानी लिने धारामा पूजागरी धारामा करक्याङ(घ्यू), खादा धुपले पूजा पाठ गरी ल्याएको चोखो पानी भगवानलाई चढाउने, पुजापाठ गरि सकेपछि प्रसादभगवानलाई चढाउने गरिन्छ । त्यस पछि घरका ठुलावडाबाट अशिर्वाद लिइ चिया, खप्सा लगायत प्रसाद खाने र विशेष गरी छ्याङगुल(जाँडमा छोर्पी, बदाम, नरिवल किसमिस आदि मिसाएर एक परिकार) खाँदै घर परिवारमा एकआपसमा रमाइलो गर्ने चलन छ ।लोसारमा असुद्धलाई चोख्याउनको लागि नयाँ सालको पहिलो दिन धुपवत्ती बाली साङ सेरङिम् पुजा पनि गर्ने गरिन्छ । लोसारका लागितयार पारेर राखिएका परिकारहरू (जस्तै छिमार,खप्से, लगायतका प्रसाद) भगवानलाई चढाउने र घरका सवै परिवार सम्भव भए नयाँलुगा लगाउने नभए पनि सफा लुगा लगाउने, र मान्यजनको हातबाट आशिर्वाद लिने गरिन्छ । त्यसपश्चात आफ्नो जन्मदिन अनुसारकोशुभतिथि (सिज्य) हेरि घरको दुरी, आगँन अथवा डाडाँहरूमा गएर दीर्घायु सु–स्वास्थ्यको कामना सहित घरका सबै परिवारको सुखशान्तिको कामना गर्दै ध्वाजा (लुङ्दार) टाग्ने गरिन्छ र आफ्नो घर–छरछिमेकमा लप्सो मनाउने गरिन्छ । लामाबाट (रम्ने) अभिषेकगरेरमात्र लुङ्दार टाग्नुपर्ने प्रचलन पनि छ । परिवारबीच लोसार मनाई सकेपछि छिमेकीलाई घरमा बोलाएर अहिले शहरीय क्षेत्रमापिकनिक (बनभोज) आयोजना तथा विभिन्न तरिकाबाट पनि लोसार मनाउने गरिन्छ ।

साेनाम ल्हाेछार : सोनाम ल्होछार तामाङहरूले नयाँ वर्षको आरम्भको रूपमा मनाउने पर्व हो । प्रत्येक वर्ष माघ महिनाको शुक्ल पक्षमा पर्ने प्रतिपदातिथीको दिन मनाइने सोनाम ल्होछार र चिनिया नयाँ बर्ष एकै दिन मनाइन्छ ‘ल्होछार’ दुइ शब्द मिलेर बनेको छ । जसको अर्थ ‘ल्हो’ अर्थात् वर्ष वा साल भन्ने हुन्छ भने ‘छार’ वा ‘सार’को अर्थ नयाँ भन्ने हुन्छ । यसैलेल्होसारको अर्थ ‘नयाँ वर्ष वा नयाँ साल भन्ने बुझिन्छ र, यसै अनुरूप यस चाडलाई मनाउने गरिन्छ । ल्होसार मनाउने समुदायले यस्ता’ल्हो’ अर्थात वर्ष बाह्रवटा भएको विश्वास गर्छन् । बाह्र वर्षको नाम पशुपंछी र जीवजन्तुका नामबाट राखिएको हुन्छ । जस्तै : मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर, सुँगुर वर्ष । यी बाह्र वर्गलाई यो समुदायले बाह्र राशिको रूपमा पनि लिनेगरेको पाइन्छ । बाह्र वर्ष समाप्त भए पछि फेरि उही नाम दोहोर्‍याएर वर्ष गनिन्छ ।

ताेला ल्हाेसार : तमु (तोला) ल्हाेसार मुलतः गुरुङ जातिले मनाउने गर्छन्। यो पुस महिनाको १५ वा १६ गते पर्छ। ल्हाेसारकाे दिनभन्दा अघिल्लो साँझदेखिनै यसलाई मनाउन सुरू गरिन्छ। साँझ पूजापाठ, भोजभत्तेर, नाचगान गरी आधा रातमा ‘वर्ष आयो’ भन्दै नयाँ वर्षको स्वागत गरिन्छ।लोसारको दिन बिहानदेखि नै ढोग-भेट, आशीष आदानप्रदान गर्दै नाता कुटुम्बलाई बोलाएर भोज खुवाएर बडो धुमधामका साथ मनाइन्छ।
स्राेत :-बिभिन्न अनलाइन तथा बिज्ञहरुकाे सहयाेगमा

प्रकाशित मिति ९ माघ २०७६, बिहीबार १४:४२