
बौद्ध धर्मावलम्बी हरुको महान चाड नव बर्ष २१४४ मे मो ग्याल्पो लोसारको उपलक्षमा आयोजना गर्ने ल्हाप्सो कार्यक्रमको तयारी पुरा भएको छ । ल्हाप्सो व्यावस्थापन समितिले ३ महिना देखिको तयारी पश्चात सम्पूर्ण तयारी पुरा भएको ल्हाप्सो व्यावस्थापन समितिका संयोजक आङ काजी शेर्पा च्यावाले जानकारी दिनु भयो । शेर्पा सेवा केन्द्रले प्रतेक बर्ष आयोजना गर्ने ल्हाप्सो कार्यक्रम यस बर्ष फल्गुन १८ गते बुधबार ( दावा थाङ्पोकी छेवा सुम ज ल्हाक्पा ) मा शेर्पा सेवा केन्द्र बौद्ध टुसालमा हुने आयोजकले जनाएको छ । सो कार्यक्रममा शेर्पा सेवा केन्द्रले धार्मिक बिधि अनुसार पाठपूजा गरी क्ष्याम नाच गर्ने र प्रत्येक बर्ष वितरण गर्दै आई रहेको पासाङ्ग ल्हामु स्मृति छात्रावृति पनि सोही कार्यक्रममा वितरण हुने सेर्पा सेवा केन्द्रका महासचिव ग्याल्जी शेर्पाले बताएको छ । यस बर्षको ल्हाप्सो कार्यक्रम दुई भागमा विभाजन गरी कार्यक्रम आयोजना गर्ने पनि अयोजकले बताएको छ । सो कार्यक्रममा उपस्थित हुने सम्पूर्णलाई शेर्पा पोसकमा आउनका लागि समेत आयोजकले आग्रह गरेको छ ।