विश्वभर कहाँ कहाँ मनाउदै छ ग्यल्पो लोसार ? सुची सहित

शेर्पा किदुग अमेरिका

शेर्पा किदुग अमेरिकाले शेर्पा जातीको महान चाड ल्होसारको अवसरमा फेबररी १६ र १७ मा विविध कार्यक्रमको आयोजना गर्ने भएको छ । किदुगका महासचिव तेन्डी शेर्पाले दिएको जानकारी अनुसार ल्होसार अगावै हुन लागेको शेर्पा किदुगको बाषिर्क साधारण सभामा किदुगले गदै आएको बाषिर्क प्रगति विवरण र आर्थिक विवरणमाथि छलफल हुने भएकोले सवै सदस्यहरु, आजीवन सदस्यहरु र संरक्षकहरु सबैलाई उपस्थितिको लागी आग्रह गरेको छ । किदुगले अहिलेसम्म सदस्यता नलिएकाहरुलाई पनि सदस्यता वितरण गरिरहेकोले नबनेको कोही भएमा किदुगमा आइ सम्पर्क राख्न आग्रह गरेको छ ।

किदुगले यस पटक फेबररी १६ तारिख ल्होसारको पहिलो ( छेची) को दिन गुम्बामा विहानदेखि पुजा कार्यक्रमको साथ ध्वजा उठाउने भएको छ भने फेबररी १७ तारिख शनिबारको दिन शेर्पा लोक नृत्य सेब्रु र शेर्पा गीतहरुको प्रतियोगिता आयोजना गरिने भएको छ ।

‘ शेर्पा जातीको मौलिक भाषा र सस्कृतिको संरक्षणको लागी विगत झै यस पटक पनि शेर्पा लोक नृत्य र गीत आयोजना गर्न लागेको हो ‘ महासचिव तेन्डी शेर्पाले बताए । विभिन्न उमेर समुहहरु वीच हुने प्रतियोगितामा पुरस्कारको व्यवस्था गरेको उनले बताए । ल्होसारको पहिलो दिन ल्हाप्सुमा टांग्ने लुङदाहरु समेत त्यही रम्ने गरिने भएकोले ल्हाप्सुमा कसैले लुङदा टांग्ने इच्छा गरेको भए त्यही दिन रम्नेको लागी ल्याउन आग्रह गरेको छ । किदुगले यस पटक ल्हाप्सु फेबररी २५ तारिखमा र मार्चको ३ तारिख बाषिर्क रुपमा आयोजना गदै आएको ल्होसार पाटी आयोजना गर्न लागेको छ ।

शेर्पा किदुग युएइ
शेर्पा किदुग युएइले वार्षिक रुपमा मनाउने लोसर यस पटक पनी विषेस रुपमा मनाउने भएको छ । यहि आउदो १६ फेब्रुअरी ,२०१८ का दिन चर्चित गयिका डोमा शेर्पा, नायिका माेडेल: छिरीङ डोमा शेर्पा र कार्यक्रम संचालिका जाङमु इन शेर्पा काे साथमा दिउसो ठिक १.00 बजे देखि अाबुदाबि फोल्कर थिरेटार हालमा शेर्पा लोक नृत्य र गायन प्रस्तुति हरुको साथ मा हुने जानकारी प्राप्त गरेको छ ।

शेर्पा किदुग दोहा कतार
शेर्पा किदुग दोहा कतारको आयोजनमा कतारमा ग्यल्बो लोसार यहि Fev 16 2018 मा आयोजन हुने भएको छ । TAAZA HOTAL AN RESTURENTमा आयोजन गर्ने लागेको लोसार कार्यक्रमको तयरी पुर भएको जानकारी सस्थाका अध्यक्ष ङवाङ कुसाङ शेर्पाले हिमाली संन्देशलाई जानकारी दिनु भयो । २०७३-०२-१२ मा ङवाङ कुसाङ शेर्पाको अध्यक्षतामा ३२ सदस्य गठन भए शेर्पा किदुग दोहा  कतारले दोश्रो पटक कतारमा लोसर आयोजन हुन लागेको हो ।

शेर्पा संघ जापान
हिमाली शेर्पा समुदयहरुको नयाँ वर्ष २१४५ औँ स फो खी लो (कुकुर बर्ष) ग्याल्बो ल्होसारलाई अविश्मरणीय र मनोरञ्जनात्मक बनाउन शेर्पा संघ जापान तिब्र तयारीमा जुटेको छ । फेब्रअरी १८ तारिखका दिन तय गरिएको ल्होसार बिशेष कार्यक्रमको तयारी भईरहेको आयोजक समितिका सदस्य फुरलाक्पा शेर्पाले जानकारी दिनुभएको छ ।
कार्यक्रममा बिशेष गरि हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा जातीको कला, भेषभुषा र संस्कृतिको प्रचार प्रसार गर्ने हेतुले सोही दिन शेर्पा जातीको सीली नाच, सेप्रु नाच लगयातका सस्कृतीको प्रदर्शन, शेर्पा खाध पदार्थ तथा पेया पदार्थको सेवान तथा नेपाली कलाकारहरुले बिभिन्न नेपाली संस्कृति झल्काउने नृत्य तथा गित संगीतहरु प्रस्तुत गर्नेछन भने डिजे शेसनले कार्यक्रमलाई थप सांगीतिक माहौल तथा मनोरन्जन प्रदान गर्नेछन ।

कार्यक्रम टोकियोस्थित हामामाचु स्टेशन नजिकै रहेको मन्दिर रेष्टुरेष्टमा हुनेछ । बिहान ११ बजे देखि साँझ ५ बजेसम्म हुने कार्यक्रममा शेर्पा समुदायको पोशाक तथा विभिन्न संस्कृति प्रदर्शन र कार्यक्रम गर्ने हललाई हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा जातीको रहनसहनसंग मिल्ने गरि शेर्पा जातिको समपुर्ण संस्कृतिको अध्ययन गर्न सकिने गरी भौतिक संरचना निर्माण गरिने शेर्पा संघले जनाएको छ ।

शेर्पा सोसाइटी पोर्तुगल
शेर्पा सोसाइटी पोर्तुगलले फेब्रअरी १८ तारिखका दिन शेर्पा जातिहरुको महान चाड “ग्याल्बो ल्होसार” वर्षहरुमा जस्तै यस वर्षपनि “ल्हप्सो” कार्यक्रम मनाउन गइरहेको जानकारी दिनु भयो Tashi Gomang Stupa, Alacer do Sal मा विहान 8 बजे बसको व्यवस्था गरिएको आयोजकले हिमाली सन्देश लाई जानकारी दिनु भयो ।

शेर्पा संघ बेलायत
शेर्पा संघ बेलायतले १८ फेब्रुवरी २०१८ आइतबारको दिन बि. सि. सि. यूके को गोम्बामा लाप्सो पूजा गरि सातौं अधिबेशनको तयारी गरेको जानकारी दिएको छ भने अल्डोशोर्ट गुम्बा मा २४ तारीखका दिन स्थानीय कलाकार हरुका साथ लोसर कार्यक्रम हुने भएको जानकारी दिएको छ ।

शेर्पा किदुग साईप्रस

शेर्पा किदुग साईप्रस ले १८ फेब्रुवरी २०१८ आइतबारको साइप्रसको निकोसियामा शेर्पा समुदायका कलाकार सोनम शेर्पा तथा गोन्पा शेर्पाको साथ म स्थानिय कलाकारहरुको साथमा लोसर कार्यक्रम गर्दै छ ।

शेर्पा किदुग आस्ट्रेलिय

शेर्पा किदुग आस्ट्रेलियले १८ फेब्रुवरीमा आस्ट्रेलियको Melbourneमा र मार्च ३ मा सिडनीमा  लोसर कार्यक्रम गर्दै छ ।

शेर्पा किदुक मलेसिया
स-फो खि ल्हो २१४५ औ ग्याल्पो लोसार तथा नया बर्षको अवसरमा शेर्पा किदुक मलेसियाद्धारा आयोजना गर्न लागेको ग्याल्पो लोसार नेपाली दुताबास मलेसिया, बिषेश अथिति धर्म गुरु आचार्य भनु सिदर्थ तेन्डु शेर्पाको उप्स्थितिमा फेब्रुअरी १६ तरिखा हुन गईरहेको छ भने कलाकारहरु नब गइका अोङ्मु लामा शेर्पा ,गायक अङ फुरी शेर्पा , डिजे छेवाङ शेर्पा साथै मलेसियमा नै बस्दै आएका बिभिन्न स्थानिय कलाकारहरुको बेजोड प्रस्तुुति रहने सस्थाका सचिव दावा जाङबु शेर्पाले जानकारी दिनु भयो ।

शेर्पा समुदायको पहिचान श्याब्रु नृत्य सँगै सधैझै यस बर्ष पनि साँस्कृतिक पक्षलाई बिशेष जोड दिने कार्यक्रमको आयोजकको तयारी छ भने यो कार्यक्रम सफल बनाउन नेपाली दुताबास क्वालालम्पुर , विभिन्न जातिय संघसंस्था, पत्रकार , समाजसेवीहरुको उपस्थिति रहने छ जनजाति महासंघ मलेसिया तमाङ समाज मलेसिया मगर संघ मलेसिया थारु सेवा समाज अन्य जातीय संघ संस्था हरुको पनि उपस्थित हुने सचिव शेर्पाले बताउनु भयो ।

बेल्जियम शेर्पा किदुक

बेल्जियम शेर्पा किदुकले लप्सु नयाँ बर्ष मनाउन यहि २०१८ फेब्रवरी १८ तारिक आईताबारको दिन हुई गुम्बा जाने भएको जानकारी गराऊद छु।
गुम्बा पुग्ने समय बिहान १० बजे,

कार्यक्रम संयोजक ज्यु हरू हुनु हुन्छ

एन्त्रोपेन बाट लामा लाक्पा

लुभनबाट डि०मा लामा र लकि शेर्पा साथै लोसार साँझ २०१८ मार्च ४ तारिक आईताबार दिन मनाउने समेत जानकारी गराऊद छु ।
मिति : २०१८ मार्च ४

स्थान :Rijschoolstraat.४

Leuven 3000

समय : बेलुकी १६ बजे

अध्यक्ष
बेल्जियम शेर्पा किदुक

दोर्जी सोनम शेर्पाको फेसबुक वाल बाट

शेर्पा किदुक बहराइनले पाहिले पटक बहराइनमा लोसर आयोजन गर्दै

शेर्पा किदुक बहराइनले पाहिले पटक बहराइनमा लोसर आयोजन गर्दै छ आचार्य कर्मा रिन्जेन शेर्पा विषेस अतिथी रहेको कार्यक्रममा शेर्पा समुदायको गायक छिरिंग शेर्पा तथा  कार्यक्रम संचालिका जेनी शेर्पा र  लोक गायिका संजना भण्डारी प्रस्तुति रहेने आयोजक ले जनाएको छ

शेर्पा किदुग, पोल्यान्डद्वारा पहिलो पटक लोसार सहभोज कार्यक्रम

बौद्धमार्गी शेर्पा समुदायको महान चाड नव बर्ष २१४५ औं स फो खि ल्हो ग्याल्पो लोसारको उपलक्ष्यमा शेर्पा किदुग, पोल्यान्डद्वारा पहिलो पटक लोसार सहभोज कार्यक्रम आयोजन गरिएको हुदा सो पावन अबसरमा यहाँहरुको सु-स्वास्थ्य, दिर्घायु, सुख, शान्ति समृद्दि एवं उत्तरोतरप्रगतिको कामना गर्दै यहाँहरुको उपस्थितीको लागि हार्दिक अनुरोध गर्दछौ ।

स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती साथमा लोसार विशेष परिकार खाना, चिया र नास्ताको ब्यबस्था रहेको छ ।

प्रबेश शुल्क: ६० zł मात्र

मिति: १८ फेब्रुअरी २०१८

समय: बिहान १०:०० बजे

स्थान: Himalayan Yeti

ul. Polna 13, Warszawa, Poland

थुच्येछे!
शेर्पा किदुग, पोल्यान्ड परिवार

प्रकाशित मिति ९ माघ २०७४, मंगलवार ११:२०