विश्व गाइडमा सातजना नेपाली थपिए

काठमाडौं : छेटु शेर्पा –पुस १३, २०७४

विश्वका हिमालमा गाइड गर्न पाउने गरी सातजना नेपाली गाइड थपिएका छन्। अन्तराष्ट्रिय पर्वतारोहण पथ प्रर्दशक संघले उर्तीण सातै जनालाई बिहीबार अन्तराष्ट्रिय गाइडको तोक्मा र व्याज दिएको छ। १२ औ राष्ट्रिय गाइड दिवशको अवसर पारेर नेपाल राष्ट्रिय पर्वतारोहण पथ प्रर्दशक संघले उर्तीण गाइडहरुलाई शुभकामनासहित प्रमाणपत्र वितरण गरेका संघका महासचिव फूर्वा नाम्ग्यल शेर्पाले बताए।

अन्तराष्ट्रिय गाइड हुनेमा दोलखा गौरीसंकरका दावा याङजुङ, पासाङ किदर, दावा गेल्जे, छिरिङ पेम्वा शेर्पा र संखुवासभाका पिम्वा तेन्जीङ भोटे, सोलुखूम्बुका दोमी सार्की र लोप्साङ शेर्पा रहेका छन्। यता नेपाल राष्ट्रिय पर्वतारोहण पथ प्रर्दशकमा दावा तेम्वा र पेमाछिरी शेर्पा उर्तीण भएका छन्। विश्वभरका पर्वतारोहीको छाता संगठन अन्तराष्ट्रिय पर्वतारोहण पथप्रर्दशक संघको नेपाल सदस्य राष्ट्र भइ सकेको छ।

संघको तथ्याङकमा आजसम्म अन्तराष्ट्रिय माउण्टेन गाइड ५० जना पुगेको छ भने राष्ट्रिय माउण्टेन १७ जना पुगेको छ। राष्ट्रिय गाइडले मापदण्डमा रहेको कोर्ष पूरा गरेपछि पाँच बर्षपछि अन्तराष्ट्रिय गाइडमा प्रतिस्पर्धा गर्न पाउने नेपाल राष्ट्रिय पर्वतारोहण पथ प्रर्दशक संघका अध्यक्ष सुनारबहादुर गुरुङले बताए। हालसम्म हिमाल रहेका २६ देशका पर्वतारोहीको सहभागितामा अन्तराष्ट्रिय पर्वतारोहण पथ प्रर्दशक संघ गठन भएको छ। नेपाली गाइडले अन्तराष्ट्रिय मान्यता पाएपछि विश्वका हिमालहरुमा उत्कृष्ट काम देखाउने गरेकाले नेपालीको नाम अग्रणी स्थनमा कायम रहेको प्रशिक्षक छिरिङ पाण्डे भोटेले बताए। उर्तीण गाइडहरुले नेपाल, नर्वे, अमेरिका, स्वीजरल्याण्ड, फ्रान्स, अर्जेन्टिना लगायतका देशका हिमालमा गाइड गर्दै आएका छन्।
-annapurna post

प्रकाशित मिति १४ पुष २०७४, शुक्रबार १७:३३

सम्बन्धित समाचारहरु