विश्व शेर्पा दिवस ‘सिक्किम’मा मनाइदै

विश्व शेर्पा दिवस भारतको सिक्किमको गान्तोक शहरमा मनाइएको छ । ‘सुरक्षित हिमाल, सुरक्षित संसार’ भन्ने नाराका साथ दिवस मनाइएको हो ।

विश्व शेर्पा मञ्च र डेन्जोङ शेर्पा एसोसिएसनको संयूक्त आयोजनामा भएको कार्यक्रम सिक्किमका मन्त्री मिङमार नुर्बु शेर्पाको प्रमुख आतिथ्यतामा भएको सोलुखुम्बुबाट प्रतिनिधी कुन्जाङ शेर्पाले जानकारी दिए । सोही अवसरमा दोस्रो विश्व शेर्पा सम्मेलनको समेत उद्घाटन गरिएको छ । सम्मेलनमा भाग लिन नेपाल शेर्पा संघका अध्यक्ष आङ दोर्जी लामा शेर्पाको नेतृत्वमा विभिन्न संस्थाका प्रतिनिधी मण्डल पुगेका छन् । कार्यक्रममा विभिन्न १५ देशका ८ सय बढी प्रतिनिधीहरु सहभागि रहेको जनाएको छ । सम्मेलन ३ दिनसम्म चल्ने छ ।

प्रकाशित मिति २२ आश्विन २०७६, बुधबार ०३:३०