शेर्पा इभेन्ट अर्गनाइजरद्धारा आयेजित नृत्य प्रतियोगितामा विश्वभर बाट उत्साहजनक सहभागी

काठमाडौं । शेर्पा जातिहरुको आफ्नो मौलिक पहिचानलाई संरक्षण सम्वर्द्धन, र प्रबर्द्धन गर्ने उदेश्य राखी आधुनिक शैलीमा भाषा धर्म र संस्कृतिको जगेर्ना भन्ने मुल नारालाई अग्रसर गर्दै (sherpa event organizer) शेर्पा इभेन्ट अर्गनाइजर संस्थाले प्रथम एकल शेर्पा नृत्य प्रतियोगिता २०२० आयोजना गरिएको हो । विगत एक महिना अघिदेखि सुरु भएको प्रथम एकल शेर्पा नृत्य प्रतियोगितामा देश विदेश गाउँ शहर बसोबास गर्ने सबै शेर्पा युवाहरुले सहभागी जनाएको छ । भदौ १० गतेबाट सुरु भएको प्रतियोगिता मिति २०७७/०६/१० गते शनिबारबाट स्थगित भएको संस्थाका उपाध्यक्ष मिङमार तेन्जिङ शेर्पाले जानकारी गराएको छ ।

प्रतियोगितामा सहभागी भएका प्रतिस्पर्धाहरु विचको नतिजा निर्णायक मण्डल सदस्य गठन गरि निर्णायक मण्डलको निर्णय अनुसार नतिजा सार्बजनिक गरिने निर्णय भएको संस्थाका उपाध्यक्ष शेर्पाले जानकारी गराए । विश्वभर फैलिएको महामारी कोरोना भाइरस (कोभिड -१९)ले समुदायलाई नै त्रसित बनाएको परिस्थितिमा समुदायमा रहेका युवा बर्गहरु घरमै बसेर पनि सीपमुलक कार्यहरु सिक्दै ,आफुलाई लाभदायिक कुरामा समय खर्चेर भरपुर उपयोग गर्न सकिन्छ भन्ने मान्यता सहित आफ्नो मौलिक पहिचान प्रती अग्रसर गराउने उदेश्य राखी बन्दाबन्दीको अवसरमा प्रथम एकल शेर्पा नृत्य प्रतियोगिता २०२०को आयोजना गरिएको हो । प्रथम एकल शेर्पा नृत्य प्रतियोगिता २०२० मा बालबालिका, युवा, युवती देखि बृद्ध गरि जम्मा २२८ जनाले प्रतियोगीमा सहभागी भएको मिङमार तेन्जिङ शेर्पाले बताए । शेर्पा समुदायमा आफ्नो भाषा,धर्म संस्कृती जोगाउनुको निम्ति गैरसरकारी संघ संस्था र ब्याक्तीबाट लागि परेको देखिन्छ । कुनै पनि जातीय समुदायको पहिचान र उनीहरूको अस्तित्वको परिचय उनीहरूले प्रयोग गर्ने भाषा र भेष भुषाले दिने गर्दछ । शेर्पाहरू घरपरिवारमा आफ्नै भाषामा बोल्ने हुनाले उनीहरूको भाषाको प्रचलनमा कमी आएको छैन । तर, बढ्दो बसाइँसराइसँगै यो भाषा बोल्ने क्रममा कमी आउने प्रवल सम्भावना रहेको छ । शेर्पा भाषाअन्तर्गत कुनै भाषिका नभए पनि भौगोलिकरूपमा फरक–फरक ठाउँमा बसोबास गर्ने शेर्पाहरूको ठाउँ विशेष केही शब्द र उच्चारणमा सामान्य भिन्नता भने रहेको पाइन्छ ।

वि.सं.२०४६ सालमा प्रजातन्त्रको पुनःस्थापनापछि शेर्पाहरूको भाषिक विकासमा केही सुधार सङ्गै विभिन्न सञ्चार मध्यम प्रचारप्रसार आएको देखिन्छ । त्यसैगरी हाल आएर विभिन्न एफएम स्टेसनहरूमार्फत पनि शेर्पा भाषाका कार्यक्रमहरू सञ्चालन हुँदै आएका पाइन्छ ।

२०६५ सालदेखि गोरखापत्र दैनिकको नयाँ नेपाल पृष्ठमा शेर्पा भाषाको समाचार र लेखरचनाहरू प्रकाशन हुँदै आइरहेको छ । तर शेर्पा भाषा समृद्ध भए पनि यसको विकास, संवद्र्धन, संरक्षण र प्रवद्र्धनमा राज्यको तर्फबाट हालसम्म कुनै प्रयास भएको देखिदैन ।

-Taja bahas

प्रकाशित मिति ११ आश्विन २०७७, आईतवार ११:५१