शेर्पा कलाकार संघको प्रथम साधारण सभासगै अधिवेशन हुने

काठमाडौँ, मसिंर २० । शेर्पा कलाकार संघको प्रथम साधारण सभा र अधिवेशन हुने भएको छ । २२ गते शनिवार एमडि पार्टी प्यालेस (मेडिकल कलेजको अपोजिट) बेसीगाउँमा हुने भएको छ ।
शेर्पा कलाकारहरुलाई कलकारीता क्षेत्रमा अग्रसर गराउन र हकहितको लागि संस्था खोलिएको थियो । स्थपनाको एक बर्ष पुगेको अवसरमा साधारण सभा र अधिवेशन गर्न लागेको हो ।
शेर्पा समुदायको कलाकारहरुलाई यस संस्थाले एकक्रित गर्दै आएको छ । नेपाल र विदेशमा रहेका कलाकारलाई जोड्ने प्रयास संघले गर्दै आएको छ ।

प्रकाशित मिति २० मंसिर २०७५, बिहीबार १३:३४