शेर्पा नृत्य प्रतियोगिताको नतिजा निर्णायक समितीको निर्णय अनुसार Top10 छनौट गर्ने

शेर्पा इभेन्ट अर्गनाइजरले आयोजना गरिएको प्रथम एकल शेर्पा नृत्य प्रतियोगिता २०२०मा सहभागी भएका प्रतिस्पर्धाहरु विच टप टेन बाट छनोट हुने भएको छ । गत भदौ महिनाबाट सुरु भएको पहिलो चरणको प्रतियोगितामा दुई सय सत्ताइस जना शेर्पाहरुले प्रतियोगितामा सहभागी जनाएका थिए ।

एक महिना देखी सुरु भएको शेर्पा नृत्य प्रतियोगिताको पहिलो चरण असोज १० गतेबाट स्थगित गराएको हो ।असोज १० गतेबाट प्रतियोगिता स्थगित सगैं असोज ११ गते आइतबार शेर्पा इभेन्टका कार्य समितिका बैठक बसि पुनः दोस्रो चरणको प्रतिस्पर्धा गराउने तय गरिएको शेर्पा इभेन्ट अर्गनाइजरका सह-संयोजक आङ फुटि शेर्पाले जानकारी गराएको छ ।  संयोजक शेर्पाका अनुसार प्रतिस्पर्धाहरु विच टप टेन छनौट गर्न गायक तथा संगितकार डेन्डी शेर्पाको नेतृत्वमा ३ जना निर्णायक समिति सदस्य गठन गरिएको शेर्पाले बताउनु भएको छ।शेर्पाको भनाइ अनुसार प्रतियोगितालाई तीन तहमा विभाजन गरिएका छ। (१ ) बालबालिका लागि छुट्टै (२) शेर्पा नृत्यको लागि छुट्टै (३)मौलिकता श्याब्रुका लागि छुट्टै गरि छुट्टाछुट्टै प्रतिस्पर्धा गराउने भएको छ ।शेर्पा इभेन्ट अर्गनाइजर मुल आयोजक समिती र निर्णायक मण्डल समितिका सदस्यहरु विच छलफल गरि पुन: दोस्रो चरणको प्रतियोगिता गर्ने तय गरिएको शेर्पाले बताउनु भएको छ।

ऎतिहासिक यस प्रतियोगितालाई भब्य साथ सफल बनाउन दोस्रो चरणको प्रतियोगिता तय गरिएका हौ । शेर्पा नृत्यतर्फ टप टेन बालबालिकातर्फ टप टेन र श्याब्रु नृत्यतर्फ टप टेन छनौट गरि पुनः २२७ जना मध्ये ३० जना टप टेनहरु विच फ़ेरि पुन प्रतिस्पर्धा गराउने तय गरिएको सह-संयोजक आङ फुटी शेर्पाले बताउनु भएको छ । दोस्रो चरणको प्रतियोगितामा पुन नयाॅ शेर्पा नृत्य भिडियो प्रस्तुत गर्नु पर्ने छ। टप टेनबाट पुनः प्रतिस्पर्धा गराइ टप फाइभ ५ छनौट गर्ने भएको छ।टप टेन छनौटबाट टप फाइभ ५छनौट गरि अन्तिम प्रतिस्पर्धा गराउने भएको छ ।

टप ५ छनौट भै अन्तिम विजयका लागि बालबालिका तर्फबाट तीन जना शेर्पा नृत्यतर्फ तीन जना र मौलिकता श्याब्रु नृत्यतर्फ जना गरि जम्मा ९ जनालाई प्रथम दोश्रो र तेस्रो विजयी घोषणा गरि शेर्पा नृत्य अवार्ड २०२० प्रदान गर्ने भएको छ भने पुरस्कार राशी रु १ लाख राख्ने निर्णय समेत गरिएको सह संयोजक आङ फुटी शेर्पाले जानकारी गराउनु भएको छ ।

समाजको परिवर्तनसँगै शेर्पा जातिको भाषा,परम्परागत गित संगितहरु लोप हुँदै गर्दा शेर्पा गित संगितलाई नकरात्मक प्रभावबाट संरक्षणको पहल गर्न शेर्पा इभेन्ट अर्गनाइजर नामक सामाजिक संस्थाले प्रथम पटक एकल शेर्पा नृत्य प्रतियोगिता २०२०को आयोजना गरेको शेर्पाले जानकारी दिनु भएको छ ।

प्रकाशित मिति १३ आश्विन २०७७, मंगलवार १७:१९