शेर्पा पत्रकार संघ नेपालले विद्यार्थी सम्मन सहित छात्रवृति प्रदान गर्ने

शेर्पा पत्रकार संघ नेपालले यस वर्ष देखि चेतना शैक्षिकज्ञान वृद्धि छात्रवृति प्रदान गर्ने भएको छ । विपन्न, असहाय र भिन्न क्षमता भएको मेधवी एक जना शेर्पा महिलालाई संघले नगद रु ५०००० सहितको छात्रवृति प्रदान गर्न लगेको हो ।

पत्रकारितामा रुची भएको, दुर्गम क्षेत्रबाट सामुदायिक विद्यालयमा एसईई उत्तीर्ण गरेको शेर्पा महिलाहरुले छात्रवृतिकोे लागि ग्रेटसिट, परिचय खुल्ने कागजात, फोटो २ प्रति अभिभाकको नागरिकताको प्रतिलिपी, विपन्न खुल्ने कागजात र सामुदायिक विद्यालयमा अध्ययान गरेको पमाणपत्रको छायाकपी सहित हिमाल डिजिटल स्टुडियो बौद्ध र संघको पदाधिकारीसंग सिधै सम्पर्क गरेर छात्रवृतिको लागि आवेदन दिन सकिने संघका सचिव कर्मा शेर्पाले जानकारी दिनुभयो । साथै पत्रकारीता विषयमा २०७५मा सर्बोत्कृट नतिजा ल्याएका १ जनालाई नगदसहित सम्मन गर्ने, आम सञ्चार र पत्रकारितामा १०.२ उत्तिर्ण विद्यार्थी पनि सम्मान गर्ने सचिव शेर्पाले बताउनु भयाे । यसको लागि विद्यर्थीले निवेदनको लागि परिचयपत्र, फोटो र एक प्रति ग्रटसिट पेस गर्नु पर्नेछ । छात्रवृत्ति संघकै सचिव कर्मा शेर्पाले प्रयाेजन गर्नु भएकाे हाे । संघकाे तेस्रो अधिवेशनकाे अवसरमा छात्रवृत्ति वितरण गर्न संघका संस्थापक अध्यक्ष तथा कार्यक्रम संयाेजक लाक्पा जि शेर्पाले जानकारी दिनु भयाे । संघले विभिन्न विद्यामा पत्रकारिता पुरस्कार समेत बार्षिक रुपमा प्रदान गर्दे आएकाे छ ।

प्रकाशित मिति २७ भाद्र २०७६, शुक्रबार १७:४९