शेर्पा फाउन्डेशनद्धारा शेर्पा सेवा केन्द्रलाई सहयोग (फोटो फिचर सहित)

काठमाडौं, फाल्गुन ६ । हिमाली समुदायको महान पर्व लोसार (लप्सो)को अवसरमा शेर्पा फाउन्डेशनले शेर्पा सेवा केन्द्रलाई ट्रक सहयोग स्वारुप प्रदान गरेको छ । २२ लाखमा खरिद गरिएको ट्रक आज शेर्पा सेवा केन्द्रका अध्यक्ष एव कार्यसमितिलाई हस्तान्तरण गरेको छ ।
शेर्पा सेवा केन्द्रमा धार्मिक, सामाजिक कार्य हुने भएकोले गर्दा सहजताको लागि शेर्पा फाउन्डेशनले ट्रक प्रदान गरेको हो ।
केन्द्रबाट शवहरु लान र ल्याउनका लागि बाहिरबाट ट्रकहरु ल्याउनु पर्ने भएकोले गर्दा आर्थिक अवस्था कमजोर भएकाहरुलाई सहयोग होस भनी ट्रक केन्द्रलाई सहयोग गरेको शेर्पा फाउन्डेशनका संचालक पेम्बा तेन्जिङ शेर्पाले जानकारी दिनुभयो । केन्द्रबाट दैनिक २ वा ३ बटा शवहरु ल्याउने र लैजाने भएकोले गर्दा त्यसलाई मध्यनजर गरि सहयोग गरेको शेर्पाले जानकारी दिनु भयो ।
शेर्पा फाउन्डेशनले शिक्षा, स्वास्थ्य र धार्मिक क्षेत्रमा सहयोग गर्दै आएको छ विशेष गरि हिमाली भेगमा शिक्षा क्षेत्रमा सहयोग गर्दै आएको छ ।

प्रकाशित मिति ६ फाल्गुन २०७४, आईतवार २१:१७