शेर्पा संघ इजरायलले अनलाइन ग्याल्पो ल्होसारको शुभकामना आदानप्रदान गर्ने

तेलअविव – शेर्पा संघ इजरायलले ‘विश्व भरी छरिएर रहेको सम्पुर्ण शेर्पा हरुको एकता, कला भाषा संस्कृतिको संरक्षण र संवर्द्दन आजको आवश्यकता’ भन्ने मुल नाराको साथ बौद्द धर्मावलम्बीहरुको महान नेपाली राष्ट्रीय चाड २१४८ औं च्या- मो लाङ ल्हो ग्याल्पो ल्होसार- २०७७ शुभकामना आदान-प्रदान कार्यक्रम आउदो फेव्रुवरी १४ तारीख़ आईतबारको दिन जुम भर्चुअल अनलाइ मार्फत गर्ने भएको छ |

अहिलेको कोभिड-१९ को परिस्थितिलाई मध्यनजर गर्दै प्रत्येक बर्ष झैं येसपाली लोसार कार्यक्रम प्रत्यक्ष गर्न नसक्ने भएकोले जुम अनलाइन मार्फत आयोजित शुभकामना आदान दान-प्रदान कार्यक्रममा उपस्थितको लागि हार्दिक अनुरोध गरेको छ |

तिथि अनुसार यसपाली सोनाम ल्होछार र ग्याल्पो लोसार माघ ३० गते एकैदिनपरेको छ |

प्रकाशित मिति १७ माघ २०७७, शनिबार १७:४९