no-image

डोमा शेर्पा  बेनी – २ सालाबेशी  सोलुखुम्बु

संचार यस्तो माध्यम हो जुन मानिसको जिवनमा एउटा महत्वपुर्ण पाट बन्न पुगेको छ । संचार  विना   मानिसको जिवनको परिकल्पना गर्न पनि सकिदैन । संचार भन्नाले एक व्यतिmबाट अर्को व्यतिmमा वा एक समुहबाट अर्को समुह, लगायत एक ठाउबाट अर्को ठाउमा बोली, संकेत, चिन्ह, लिपी, इसारा वा अन्य कुनै माध्यमबाट विचार, भाव एवम् जानकारी तथा सुचना बा सन्देश आदन प्रदान गर्ने प्रक्रियालाई संचार भनिन्छ । भाषण, ¥याली, चित्र, पत्रपत्रिका, टेलिभिजन, चलचित्र, रेडियो तथा इमेल इन्टरनेट, मोवाइल आदिलाई हामी संचार माध्यमका साधन हुन । यस साधनको प्रयोगबाट सुचना वा सन्देश विनिमय गर्ने प्रक्रिया वा सुचना सम्प्रेसन गर्नु नै संचार हो । संचार शब्दको उत्पनि ल्याटिन भाषाको  (अयmmगलष्क बाट भएको हो । भने अङ्ग्रेजी भाषाको अयmmगलष्अबतष्यल को उल्थालाई नेपालीमा संचार भन्ने गरिन्छ । संचार माध्यमको विकास क्रमलाई हेर्ने हो भने ढुङ्गे युगमा हाम्रा पुर्खाहरु संकेत, कुनै एउटा आवाजलाई माध्यम मानि एवम् ठोल पिटेर एक अर्कामा संचार वा सुचना आदन प्रदान गर्ने गर्दथे । त्यस समयको जिवन एकदम कष्टकर र सुचना एवम सन्देश प्रसार गर्ने माध्यम थिएन  सुचना पु¥याउनका लागि २–३ दिनको अथवा एक  महिना लाग्दथ्यो । पछि मानिसमा चेतनाको विकास क्रमसगै इ.पु ४५० मा चिनमा अक्षरको प्रारम्भ भएको थियो, सन् १४५४ तिर जर्मनका नागरिक( वयजल न्गचतभचलदगचन) ले छापाखानाको  स्थापना गरेका थिए उनले त्यस समयमा १०० प्रति वाइवल प्रकाशन गरि विभिन्न देशमा वितरण गरेका थिए उनलाई छापा खानाको पिता भनेर चिन्र्छौ । मानिसको चेतनाको विकाश क्रम सगैँ सन् १८४४ मा विलिभिर ग्राहमवेलले टेलिफोनको आविष्कार गरे , सन् १८८५मा मार्कोनीले  रेडियो तरङ्गको  आविष्कार गरे, १९२० मा रेडियोको स्थापना भएको थियो त्यस समय पहिलो विश्व युद्ध भएकाले युद्धका बारेमा सुचना आदनप्रदान गर्नका लागि रेडियोको प्रयोग गर्ने गरिन्थ्यौँ । भने सन् १९३६ को दशकमा सादा टेलिभिजनको आविष्कार गरेका थिए पछि दोस्रो विश्व युद्ध अन्त्य पछि सन् १९४५मा टेलिभिजन रङ्गिनमा परिणत भएको थियो । यसरी संचार क्षेत्रमा दिनानुदिन परिर्वतन, नया प्रविधिको विकाश हुर्दै आयो । इमेल इन्टर नेटको विकाशले गर्दा एक ठाउबाट अर्को ठाउमा सुचना आदन प्रदान गर्न र समाचार प्रकाशन एवम प्रसारण गर्न सजिलो भएको छ ।  संचार माध्यमको विकाशले गर्दा नै आज विश्वलाई एउटै छानोमा गाभ्न सफल भएको छ यसको विकाशले गर्दा नै हामीले देश विदेशमा भएको घटना, सुचना, विकाश निमार्ण, खोज लगायत देशको शिक्षा, स्वास्थ्य, विकाश निमार्ण, राजनितिक अवस्था, आफ्नो वरपर भए गरेको घटनाको बारेमा घरमा नै बसी बसी सुन्न र हेर्न सक्छौँ । यसको माध्यमबाट सुचना, मनोरन्जन, ज्ञान बर्दक कुराहरु सुन्न र देख्न सक्र्छौ । संचार माध्यमको साधन मात्र भएर हुदैन यसका लागि जनशतिm पनि चाहिन्छ । जसलाई हामी पत्रकार भन्छौँ । सधारणतया पत्रकार भन्नाले पत्रपत्रिका, रेडियो, टेलिभिजन, वाइभसाइट माध्यममा कार्यरत पेशाकर्मीलाई जनाउछौँ । जसले देशविदेशमा भएका सत्य तथ्य, ताजा घटनाहरुलाई घटना भएको स्थान सम्म पुगी त्यहाको बस्तु स्थितिको राम्रोसँग अवलोकन गरि प्रसारन गर्ने र विश्वको सम्पुर्ण मानिसमा चेतनामुलक कार्यक्रम संचालन गरी चेतना जगाउने काम पनि पत्रकारले गर्ने गर्दछ । पत्रकारले जनता देखि लिएर नेता कार्यकताहरुको बारेमा भए गरेका राम्रा नराम्रा घटनालाई ताजा प्रसारन गर्ने गर्दछ । संचार माध्यममा सक्षम पत्रकार बन्नका लागि सर्वप्रथम त राम्रोसँग पढ्न सक्ने, लेख्न सक्ने,घटनाको राम्रोसँग अवलोकन एमव मुल्याङ्कन गर्न सक्ने, सहि जानकारी ल्याइ जनतामा चेतना अविभृति गराउन सक्ने क्षमता हुनु पर्दछ । हाम्रो देश विकासउन्मुख देश भएकोले गर्दा र भौगोलिक विकटताका कारण संचार क्षेत्रमा अन्य देशको तुलनामा कमै विकास भएको छ । तर संचार क्षेत्रमा विकास क्रम जारी रहेको छ । भने हाम्रो देशको राजनितिक अवस्थाले पनि संचार क्षेत्रको विकाशमा असर पारेको छ । राजनितिक अवस्थाले गर्दा देश विकास राम्रोसंग हुन सकेको छैन भने प्रत्येक दिन संचार माध्यममा राजनितिक भाषण सुन्दा सुन्दा जनता वक्क भइसकेका छन । नेताहरु विकास गर्न छाडेर कुर्सी ताना तानमा लाग्नाले हाम्रो देशमा विकास राम्रोसग हुन सकेको छैन । झन हाम्रो समुदाय कमै मात्रमा संचार क्षेत्रमा लागेका छन प्रया टे«किङ, होटल व्यवसाय, विदेश तिर लाग्नाले गर्दा संचार क्षेत्रमा शेर्पा समुदायको कमै पहुच रहेको छ । अहिले चेतनाको विकाशसगैँ शेर्पा समुदायका युवाहरु पनि राष्ट्रिय संचार माध्यममा पुग्न सफल भएको छ । संचार माध्यमको विकाशले मानिसमा देश विदेशको घटना, लगायत विभिन्न जानकारी हासील गरे पनि यसले गर्दा आजका युवा पिडी तथा बालबालिकाहरुमा दिनानुदिन परिर्वतन आइ रहेको छ उनीहरु टिभी रेडियोमा प्रसारण हुने विभिन्न प्रकारका कार्यक्रम लगायत पश्क्षिमी संस्कृतिको प्रभावले गर्दा लागुपर्दाथ दुव्यासनि, यौन जन्य क्रियाकलापमा फसेका छन भने पाश्मिी संस्कृतिको प्रभावले गर्दा आफ्नो मौलिक भाषा, कला धर्म विर्सदै अन्य संस्कतिमा रम्न थालेका छन भने मानिसमा अल्छीपनाको विकास भएको छ । हामीले संचार माध्यमलाई सही रुपमा प्रयोग गर्नु पर्दछ यसको माध्यमबाट  आफ्नो भाषा कला सांकृतिको संरक्षण एवम सर्वधन गर्नु पछ भने संचारको साधन नपुगेका दुर्गम भेगमा संचारको साधन पु¥याइ उनीहरुको जिवनमा परिर्वतन ल्याउन सक्नु पर्छ र उनीहरुको दुख, पिडाको आवाजलाई समेट्ने कार्यमा लगाउन सक्नु पर्छ । र आफ्नो समुदायको विकश  र देशको विकाशमा जनाताहरुको आवाजलाई राज्य सम्म पु¥याउनमा संचारलाई प्रयोग गरि अगाडी बढ्नु पर्दछ ।

प्रकाशित मिति १२ आश्विन २०७४, बिहीबार २१:१६