सगरमाथाको उचाईसँगै बढ्यो नेपालीको शान

-निनाम कुलुङ ‘मंगले’-केही समयअघि आएको विभिन्न समाचारमा अनुसार चाँडै नै सगरमाथाको नयाँ उचाई घोषणा हुने वाला थियो । नभन्दै गत मंगलबार (विसं २०७७ मंसिर २३ मा) नेपाल सरकारले विश्वकै सर्वोच्च हिम शिखर सगरमाथाको नयाँ उचाई सार्वजनिक गरेको छ । सरकारले सार्वजनिक गरेको सगरमाथाको नयाँ उचाई ८८४८.८६ मिटर रहेको छ । यसका लागि विसं २०७७, मंसिर १० गते मन्त्रीपरिषदको पूणर् बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई सैद्यान्तिक सहमति दिएका थियो । यस सम्बन्धमा चीन सरकारले पनि सहमति जनाई सकेको छ । नेपाल सरकारले ८८४८ मिटरलाई सगरमाथाको आधिकारिक उचाई मान्दै आएको थियो भने, चीन सरकराले ८८४४ मिटरलाई आधिकारिक उचाई मान्दै आएको थियो । त्यस्तै अमेरिका, युरोप लगायतका देशहरुले भने, सगरमाथाको उचाई ८८५० मिटर मान्दै आएको थियो ।

यो लेखमा सगरमाथा आरोहणको इतिहासका कुरो थोरै, उचाईका कुरो पनि केही र ऊ वेला सगरमाथाको अनुमानित अनेक नामहरु राखिएकाबारे र सो वेलाको प्रविधिअनुसारका नाप्दा वा अनमान गर्दा निक्लेका अनेक उचाईका बारेमा पनि केही लेख्दै छु । यसरी हेर्दा सर्वप्रथम सगरमाथाको आरोहण प्रयासको इतिहासका कुरो गर्दा सबभन्दा पहिले सगरमाथा आरोहण गर्ने प्रयास् सन् १९२१ मा भएको देखिन्छ । त्यो वेला नेपालतर्पm विदेशी (त्यो वेलाको भाषामा भन्नु पर्दा विदेशी अर्थात् फिरिंगी ! हरुलाई जताभावी प्रवेश गर्न नदिने भएकोले बेलायती सेनाका लेफ्टिनेन्ट कर्नेल चाल्र्स हवार्ड बरिको नेतृत्वमा तिब्बततर्पmबाट सगरमाथा चढ्ने ठीकैको पर्वतारोही दलले पहिलो पटक चढ्ने प्रयास गरेको देखिन्छ । जुन वेला सो हिमालले ‘सगरमाथा’ वा ‘एभरेस्ट’ भन्ने नाम पाएकै थिएन । बरु ‘देवढुंगो’ ! हो कि ?, ‘भैरवनाथ’ हो कि?, गौरीशंकर हो कि ?, चरी लमेनी पो हो कि ?, … अनेक नामहरुबारे अनुमान गरिन्थ्यो ।

खासगरी सन् १८५२ मा भारतमा खटिएर आएका सर्भेयर जनरल सर इन्ड्र्रयु वाग/वाफ ! ले ‘एक्स भी’ अर्थात् १५ औं चुली (चोमोलुङमा) नै विश्वको अन्य हिमालहरुभन्दा अग्लो हिमाल हो भनी घोषणा गरेपछि यसको महत्व ह्वात्ते बढेर गयो । साथै यो हिमालको उचाई त्यो वेला आठ हजार ४० मिटर हो भनी घोषणा पनि भयो । त्यसरी भएपछि यो हिमाल आरोहण गर्नका लागि बेलायत, जर्मनी, फ्रान्स, इटली, स्वीटजरल्यान्ड लगायत अन्य युरोपेली देशका पर्वतारोहीहरुले यो हिमालमाथि विजय पाउनका लागि आरोहण गर्न होडबाजी नै गरे । त्यका लागि सम्बन्धित देशको सरकार नै लागेर अभियान चलाउन थालेका थिए । बेलायत, जर्मनी, फ्रान्स, इटली, स्वीटजरल्यान्ड लगायत अन्य युरोपेली देशहरु यस्तो कार्य (सगरमाथा चढ्ने) मा लाग्नुको केही उदेश्यहरु रहेका थिए । जस्तै विश्वकै अग्लो हिमशिखर चढ्ने पहिलो देश बनेर मानव इतिहास रच्ने, आप्mना देशका पर्वतारोहीहरुले अन्य देशमा गएर त्यहाँका पर्वतारोही तथा पर्वतारोहणबारे, त्यसमा पनि विश्वकै अग्लो हिमालबारे आरोहणको अनुभव प्रत्यक्ष रुपमा सुन्न चाहने विश्वका (खासगरी युरोप महादेशका) जिज्ञासु सर्वसाधारण मानिसहरुलाई भाषण दिने, लेक्चर दिने, तालिम दिने, कस्तो मान्छेले धेरै उचाईको हिमाल चढ्न सक्छ , कस्तो मान्छेले सक्दैन ? भन्नेबारे सिकाउने, हाई एल्टिच्युड सिकनेस, फ्रस्ट बाईट, मुटुको धड्कन र शरीरको तापक्रमबारे अनुभवहरु आदान-प्रदान गर्ने, नाम, दाम र प्रसिद्घि कमाउने आदि उदेश्यहरु रहेका थिए ।

अब सगरमाथाको असली नामबारे पनि केही जानकारी लिऊँ न त ! होइन ? जसले जे भने तापनि वास्तवमा सगरमाथाको सुरुदेखिको असली र खास नाम ‘चोमोलुङमा’ थियो/हो । तापनि मान्छेहरुले परापूर्व कालदेखि रही आएको नामबारे वास्ता नगरेर वा स्थानीय वासिन्दाहरुलाई सोधखोज नगरेर ती पर्वतारोही तथा खोजकर्ताहरु घोर अन्याय नै गरेका थिए ! भन्न सकिन्छ । बरु उनीहरुले ‘चोमोलुङमा’को अनेक नामहरु जस्तै देवढुङ्गा, भैरवनाथ, चरी लमेनी, मितीगुती, गौरीशंकर (तर, पछि गौरीशंकर, मेलुङत्से लगायत अन्य हिमालहरु अलग्गै पत्ता लागेपछि यो समस्या हल भयो ।) चापोलुङमा, थर्ड-पोल, द गडेस मदर अफ द अर्थ, मदर गडेस अफ द स्काई, चोमो काङकार, चोमो लुुङमो, पिक एक्सभी, १५ औं चुली लगायत डेढ दर्जनभन्दा बढी नामहरु पो कि ? भनी भौतारिए । नभन्दै पर्वतारोहण क्षेत्रमा लागेका विभिन्न देशका पर्वतारोहीहरु र सगरमाथा लगायत विश्वका विभिन्न हिमालबारे किताब लेख्ने, फिल्म बनाउने, डकुमेन्ट्री बनाउने, स्वदेशी तथा विदेशी लेकख, खोज तथा अनुसन्धानकर्ताहरु (धेरै जसो विदेशी लेखकहरुले) ले माथि उल्लेखित नामहरुमध्ये धेरै जसो नामहरु उच्चारण गर्ने, लेख्ने वा सम्झने गर्छन् । तर, ‘चोमोलुङमा’को अनेक नामहरु अनुमान गरिए तापनि सन् १८५६ मा बेलायती नागरिक जर्ज एभरेस्ट सम्मानमा नयाँ नाम -‘माउन्ट एभरेस्ट’ राखियो । स्मरणीय छ, सो वेला सर जर्ज एभरेस्ट सेवा अवधि सकिएर बेलायतको इङल्यान्डमा ‘रिटायर लाइफ’ बिताई रहेका थिए भने उनले सन् १८२३-१८४३ सम्म भारतको नाप-नक्सा विभाग (हेड अफ सर्भे) प्रमुख भएर काम गरेका थिए । नोटः माथिका विभिन्न नामहरुमध्ये केही नामहरु ‘टु द थर्ड पोल’ नामक किताबबाट लिईएको हो ।

त्यस्तै ‘चोमोलुङमा’को उचाईका सम्बन्धमा पनि सुरु-सुरुमा एक रुपता थिएन । (अहिले पनि छैन !) कहिले आठ हजार ८८८ मिटर, कहिले आठ हजार ८४० मिटर, कहिले आठ हजार ८५० मिटर, कहिले आठ हजार ८७२ मिटर, कहिले आठ हजार ८४४ मिटर, कहिले आठ हजार ८४८ मिटर आदि भनी प्रचारमा ल्याईएको थियो भने सन् १९६० को दशकदेखि मात्रै आठ हजार ८४८ मिटरलाई आधिकारिक र स्थिर उचाई मानिदै आएको छ । तर, अमेरिकीहरुले भने सगरमाथा/एभरेस्ट अर्थात् चोमोलुङमाको उचाई आठ हजार ८४८ मिटर नभएर आठ हजार ८५० मिटर हो भनी रहेका छन् भने चीनले पनि, सगरमाथाको उचाई आठ हजार ८४८ मिटर र आठ हजार ८५० मिटर दुवैलाई नमानेर आठ हजार ८४४ मिटर हो भनी रहेको छ । स्मरणीय छ, चीनतर्पmबाट सगरमाथा चढ्ने जो कोही पर्वतारोहीहरुलाई चीन सरकारले प्रमाणपत्र दिँदा आठ हजार ८४४ मिटरकै प्रमाणपत्र दिने गरेको छ । जे भए तापनि अमेरिकीहरुले सगरमाथाको उचाई आठ हजार ८५० मिटर हो भन्ने प्रमाणका लागि दुई-दुई पटक सगरमाथाको नापजाँच पनि गरी सकेका छन् ।

नेपाल सरकारले यो विवादबारे वास्तविकता पत्ता लगाउन गएको लगभग दुई वर्षदेखि नै सगरमाथाको नयाँ उचाई पत्ता लगाउनका लागि नापी विभागलाई कार्यादेश दिएको हुनाले नापी विभागमार्पmत काम भई रहेको छ । उता चीनले पनि गत मार्च-अप्रिल महिनामा चीनतर्पmबाट सगरमाथाको उचाई लिई रहेको समाचार आएको थियो । यसरी हेर्दा अब छिट्टै नै सगरमाथा/एभरेस्ट अर्थात् चोमोलुङमाको नयाँ उचाई आठ हजार ८५० मिटर हो कि, आठ हजार ८४८ मिटर हो कि, आठ हजार ८४४ मिटर हो ? छिट्टै घोषणा हुने आशा गर्न सकिन्छ ।

सुरुमा चोमोलुङमाका चढ्न जाने बाटो नेपाल तर्पmबाट बन्द भएकोले गर्दा अंग्रेज टोलीले तिब्बतको १३ औं दलाई लामाबाट सन् १९२० मा अनुमति लियो । यसरी १३ औं दलाई लामाबाट अनुमति पाएपछि सन् १९२१ मा पहिलोपटक अंग्रेज टोली भारतको सिक्किम, दार्जिलिङ, तिब्बतको बाटो हुँदै सगरमाथातर्पm लाग्यो । यसरी हेर्दा सन् १९२१/२२/३३/३४/३५/३६/३६ को बीचमा कयौंपटक तिब्बततर्पmबाट सगरमाथा आरोहण गर्ने र रेखी (नापजाँच) काम भएको थियो । तर त्यो वेला कनै पनि टोली शिखरमा पुुग्न भने सकेनन । बरु सन् १९२१ को आरोहण टोलीमा रहेका एक सदस्यका रुपमा रहेका डा. एएम कल्लसको बाटोमै मृत्यु भयो । भनिन्छ, उनी आपैm बिरामी जाँज्ने डाक्टर भए तापनि ‘हर्ट फेल्यर/फेल्योर’ भएर मरेका थिए । यसरी उनी सगरमाथाको रेखी गर्ने र आरोहण गर्ने क्रममा सहिद हुने ‘पहिलो युरोपियन पर्वतारोही सहिद !’को रुपमा स्थापित हुन/दरिन पुगे !

सन् १९३८-३९/१९४४-४५ को दोस्रो विश्व युद्ध सकियो, त्यसपछि नेपालले पनि सगरमाथालगायत आप्mनो देशमा रहेको विभिन्न हिमालहरु आरोहण गर्न दिनका लागि आप्mनो भू-क्षेत्रबाट बाटो खुल्ला गर्यो । त्यसैको फल स्वरुप सन् १९४९ मा स्वीट्जरल्यान्डका एक पर्वतारोहण टोली पहिलोपटक भारतको जोगबनीसम्म रेलमा र त्यहाँबाट धरानसम्म लरीमा रधरानदेखि तमोर, धनकुटा, अरुण-भ्याली, साल्पा पास, महाकुलुङ, दूधकोशी, नाम्चेबजार हुँदै गए । नोटः ‘टु द थर्ड पोल नामक किताब’मा उल्लेख भएअनुसार त्यो वेला राणाहरु (धनकुटा गौंडाका बडाहाकिमलाई इंगित गरेको हुनुपर्छ ) धेरै नै सहयोगी भएको र ‘मिलिटरी एस्कोर्टिङ’ समेत गरिएको भनी लेखिएको छ । तर, सो टोली सगरमाथा चढ्न सफल भएन । तापनि नुप्चे, आमाडाब्लाम, पुमोरी, ल्होत्चे, ल्हो-ला लगायत हिमाल र पासहरुको नापजाँच नजिकबाट गरियो, फोटोहरु नजिकबाट प्रशस्तै लिईयो ।

सन् १९५१ मा सानो बेलायती पर्वतारोही टोली दार्जिलिङ, सन्दकफु (इलाम), ताप्लेजुङ, चैनपुर, दिङला .(भोजपुर) तेङबोचे हँुदै नेपाल तर्पmबाट सगरमाथा चढ्न गए । तर, उनीहरुले पनि सफलता पाउन सकेनन् । त्यस्तै सन् १९५२ मा पनि स्वीस टोलीले नेपालतर्पm बाटै एकै वर्षमा दुईपटक सगरमाथा आरोहण गर्ने प्रयास गरे । तर, उनीहरुले पनि सगरमाथा आरोहण गर्नमा पूणर् रुपमा सफलता पाउन सकेनन् । तर, उनीहरु वर्षात् अघिको प्रयासमा ८,५९५ मिटरसम्म र वर्षात्पछिको प्रयासमा ८,०१६ मिटरको उचाईसम्म पुग्न भने सफल भए । संभवतः त्यो वेलासम्म त्यो उचाई नै सगरमाथाको सबैभन्दा माथिल्लो उचाईमा पुगेको नयाँ कीर्तिमान रहेको थियो । यसरी सगरमाथा आरोहणको इतिहास हेर्दा लगभग ३२/३३ वर्षको प्रयासमा सन् १९५३ मे २९ मा सगरमाथा आरोहणमा बल्ल मानव सफलता मिलेको थियो । स्मरणीय छ, सो वर्ष नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका एडमण्ड पर्सिभल हिलारी (त्यो बेला न्यूजिल्याण्ड बेलायतकै अधिनस्थ थियो) ले सगरमाथा आरोहणमा प्रथमपटक सफलता प्राप्त गरे । उनीहरु बेलायती टोलीमा सहभागी भएका थिए भने उक्त टोलीको नेतृत्व बेलायती नागरिक लर्ड जोन हन्टले गरेका थिए ।

-निनाम कुलुङ ‘मंगले’

 

प्रकाशित मिति ३ पुष २०७७, शुक्रबार १५:४७