खुम्बु पासाङल्हमु गाउँपालिकामा १५८ युवा नेपाली कांग्रेसमा प्रवेश

विश्वको सर्वोच्च शिखर सगरमाथामा पार्टीको झण्डा फहराएको एक युृवालाई खुम्बु पासाङल्हमु गाउँपालिक २ लुक्लामा एक विशेष कार्यक्रम आयोजना गरि सम्मान गरिएको छ । खुम्बु पसाङ ल्हमु गाउँ पालिका २ लुक्ला नेपाली कांग्रेसको गाउँपालिका कार्यसमितिले शुक्रबार आयोजना गरेको चियापान तथा पार्टी प्रवेश कार्यक्रममा नेकपाका १५८ जना कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् । कार्यक्रममा खुम्बु पसाङ ल्हमु वाड नम्बर ३ र वाड नम्बर २ का युवा हरुको उपस्थित रहेको थियो । पुर्ब माओवादि वाड २ को अध्यक्ष लाक्पा गेल्जेन शेर्पा, नेकपा एमाले वाड २ को सकृय युवा ङिमा दोर्जी शेर्पा, वाड ३ नेकपाका एमालेका सकृय युवा आङ नुरु शेर्पा लगायत को युवाहरु आज प्रवेश गरेको खुम्बुबाट ल्हाक्पा गेल्जेन शेर्पाले जानकारी दिनु भयो ।

नवप्रवेशीहरूलाई खुम्बु पसाङ ल्हमु नेपाली काङ्ग्रेसका सभापति पेम्बा छिरिङ शेर्पा, आदिवासी जनजाति महासंघका केन्द्रिय सदस्य आङ छिरिङ शेर्पा, नेपाली कांग्रेसको गाउँपालिकाको प्रत्यासी नेता चुङ्बा शेर्पा, सोलुखुम्बु जिल्ला काङ्ग्रेस समितिको उप सभापति प्रेम थापा मगर, सोलुखुम्बु जिल्ला काङ्ग्रेस समितिको सदस्य लाक्पा नुरु शेर्पा, वाड नम्बर ३ का सभापति ङिम तेन्जिङ शेर्पा, खुम्बु पसाङ ल्हमु नेपाली काङ्ग्रेस प्रबक्ता पसाङ शेर्पा लगायतले स्वागत गरेका थिए ।

खुम्बु गाउँ पालिकाको सबै ठाँउमा कार्यक्रम संचालन गरि पार्टी प्रवेश गराउने कार्यक्रम रहेको खुम्बु काङ्ग्रेस प्रबक्ता पासाङ शेर्पाले जानकारी दिनु भयो ।

नेकपाको सरकारले देशमा राम्रो काम गर्न नसकेको र अहिलेको महामारिको सङ्कटमा पनि नेकपाका नेताहरु सत्ताको लुछचुडिमा अल्मलिएर जनतालाई बेवास्ता गर्न थालेपछी नेकपा पार्टी परित्याग गरि युवा हरु नेपाली काङ्ग्रेसमा प्रवेश गरेको सोलुखुम्बु जिल्ला काङ्ग्रेस समितिको उप सभापति प्रेम थापा मगरले दाबी गरेको छ।
अन्तर्कृय कार्यक्रममा बिश्वाको सर्बोच्च सिखर सगरमाथामा नेपाली काङ्ग्रेसको झणडा पुर्याउनु हुने खुम्बु पसाङ ल्हमु ३ को फुर्ब ग्यल्जेन शेर्पा लाई समेत खाता लगाइ सम्मान गरेका छन् ।

प्रकाशित मिति १२ मंसिर २०७७, शुक्रबार १६:४१