सगरमाथा कलेजले  “नेपालमा आइसीटीको भविष्य” बारेमा परामर्श कार्यक्रम गर्दै

काठमाडौँ, असोज ७ । “नेपालमा आइसीटीको भविष्य” भन्ने विषयमा सगरमाथा कलेज अफ साइन्स एण्ड टेक्नोलेजीले यही शनिवार विहान ११ बजे अन्नपुर्ण होटलमा एक दिने परामर्श कार्यक्रम गर्न लागेको छ ।

विशेषगरि १२ सकाएर बसेका ( मानविकी, व्यावस्थापन र विज्ञान)का विद्यार्थीहरुलाइ लक्षित गरि परामर्श गराउन लागेको हो । एक दिने कार्यक्रममा विभिन्न देशबाट आइटी विषयमा विज्ञता हासिल गरेका सुधिप लामा, कर्माथ डंगोल, किरण के रेग्मी, ओसन श्रेष्ठ र राजेश खड्काले आइटीको भविष्य र यसको फाइदाहरु नेपालमा के कस्तो रहेको छ भन्ने विषयमा विद्यार्थीहरुलाइ प्रशिक्षण दिन लागेको कलेजका प्रबन्धक सोनाम टासी शेर्पाले जानकारी दिनु भएको छ ।
१२ सकाएर बसेका विद्याथीहरु जसले आइटीमा भविष्य बनाउन चाहन्छन उनीहरुले यस कार्यक्रमबाट जानकारी लिन सक्नेछ । कार्यक्रममा कम्प्युटर ईन्जिनियरिङ, बिएस्सी, सिए आइटी र बिसीएका बारेमा जानकारी लिन पाउनेछन ।

सगरमाथा कलेज त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त कलेज हो । यस कलेजमा आइटीको विषयमा अध्ययन गराउदै आएको छ ।

प्रकाशित मिति ७ आश्विन २०७५, आईतवार ११:०३