सन् २०२०: लक्ष्य २० लाख, आए २ लाख २० हजार !

निनाम कुलुङ ‘मंगले’ सन् २०२० मा अवस्था सबै ठीकठाक ! भएको भए सन् २०२० मा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको थियो, नेपाल सरकारले । त्यसका लागि नेपाल सरकारले ‘नेपाल भ्रमण वर्ष–२०२०’ घोषणा गरेको थियो । तर, सन् २०२० लाग्दा नलाग्दै कोभिड–१९ को महामारी सुरु भयो । नत्र भने, यति वेला सन् २०२० सकिँदै गरेको अवस्थामा नेपाल सरकार, नेपालका पर्यटन व्यवसायीहरु र सम्बन्धित विषयका विज्ञहरु ‘नेपाल भ्रमण वर्ष–२०२०’ सफल भए÷नभएको बारेमा चर्को स्वरमा वहस र छलफल गरी रहेका हुने थिए होलान् ! तर, नेपाल सरकारको ‘नेपाल भ्रमण वर्ष–२०२०’ घोषणालाई सन् २०१९ को डिसेम्बर अन्तिमदेखि चीनको दक्षिण–पूर्वी प्रान्त हुपेइको राजधानी सहर वुहानबाट पैmलिन सुरु भएको महामारी कोरोनाभाइरस (कोभिड–१९) का नेपाल सरकारले ढीला गरी ‘नेपाल भ्रमण वर्ष–२०२०’ घोषणालाई स्थगित गरेको हँदा टन्टै साफ भयो । (नेपाल सरकारले गत फेब्रुअरमाी नेपाल भ्रमण वर्ष स्थगित गर्यो । केही गरी अवस्था ठीकठाक ! भएर सन् २०२० ‘नेपाल भ्रमण वर्ष–२०२०’ मनाउन पाएकै भए पनि २० लाख त त्यस्तै हो १४ लाख ४०÷५० हजारदेखि १५ लाख (अनुमानित, किनभने, होटल बाहेक अन्य पूर्वाधार जस्तै अन्तर्राष्ट्रिय हवाई यातायात लगायत पूर्वाधार नै छैन, नेपालमा !) सम्म विदेशी पर्यटकले नेपाल भ्रमण गर्ने थिए होलान् । निश्चय नै संख्या नपुगे तापनि ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई नेपालको पर्यटनलाई विश्वव्यापी रुपमा प्रचारप्रसार गर्ने एउटा अर्को अवसर वा भनौं प्लेट फर्मको रुपमा भने पक्कै पनि प्रयोग गर्न सकिन्थ्यो ।

नेपालले हुन पनि हाम्रो जस्तो कूल ग्राह्रस्त उत्पादन (जीडीपी) मा पर्यटन उद्योगको योगदान केवल २.३, २.९, ३.४ देखि बढी मा ४.७ सम्म रहेको देशमा समेत लगभग १० महिनामा (कोभिड–१९ को महामारी यता) मात्रै २४ अर्बभन्दा बढी नेपाली रुपैँया बराबरको क्षति व्यहोरेको छ । त्यस्तै पर्यटन क्षेत्रमा लागेका मजदरहरुको बिचल्ली अवस्था । पर्यटन व्यवसायी (मालिकहरु) का लागि नेपाल सरकारले सानो–तिनो प्याकेज ल्याएको भएता पनि पर्यटन मजदुरहरुका लागि सरकारले त्यस्तो केही पनि प्याकेज ल्याएन । न त राहतस्वरुप केही रकम वा खाद्यान नै उपलब्ध गरायो÷गराएको छ । उल्टै पर्यटन मजदुरहरुका लागि पनि सरकारले केही प्याकेज, राहत र सहुलियत उपलब्ध गरानु पर्यो भनी नेपाल पर्यटन बोर्ड घेरा गर्न गएको पर्यटन मजदुरहरुलाई प्रहरी प्रशासनले लाठी–मुङ्ग्री ! गरेको थियो ।

नेपाली पर्यटनमा विदेशीहरुले गर्ने खर्च भनेको होटलपछि हिमाल आरोहण, पदयात्रा (ट्रेकिङ) र जलयात्रा (र्याफ्टिङ) मा हो । हुन त पछिल्लो पटक केही हदसम्म मनोञ्जन र सपिङमा पनि नेपाल आउने विदेशी पर्यटकले खर्च गर्ने गरेका छन् । त्यस्तै पहिलेभन्दा तीन दोब्बर बढी विदेशी पर्यटकहरु पदयात्रा (ट्रेकिङ) मा पनि जाने गरेको देखिन्छ । यसरी हिमाल आरोहण, पदयात्रा (ट्रेकिङ) र जलयात्रा (र्याफ्टिङ) मा जाने पर्यटकहरुलाई अनुमति दिए वापत उनीहरुबाट नेपाल सरकारले पनि मनग्गे आमदानी गरी रहेको छ । यस्तो आमदानी सलामी दस्तुर वा भनौं रोयल्टी, अन्य शुल्क र निषेधित क्षेत्रबाट पनि अरु महँगो शुल्क लिएर सरकारले कमाई गर्ने गर्छ । तर, नेपाल सरकारले शुल्क लिएअनुसार पर्यटकलाई सेवा–सुविधा दिने काम भने गर्न सकेन भन्ने पर्यटकहरुको सँधै गुनासो रहने गरेको छ ।

जे होस्, नेपाल पर्यटन बोर्डले पछिल्लो पटक प्रकाशित गरेको तथ्यांकअनुसार सन् २०२० को नोभेम्बर महिनासम्ममा दुई लाख २० हजार १२० जना विदेशीले मात्रै नेपालको भ्रमण गरेका छन् । यो तथ्यांक भनेको सन् २०१९ को तुलनामा लगभग ८१ प्रतिशतले कम हो । स्मरणीय छ, सन् २०१९ को नोभेम्बर महिनामा मात्रै एक लाख ३० हजार ३०२ जनाले नेपाल भ्रमण गरेका थिए । नेपाल भ्रमणमा आएका दुई लाख २० हजार १२० जना विदेशी पर्यटकमध्ये लगभग ६० हजार पर्यटक छिमेकी देशहरु भारत र चीनबाट आएका छन् । त्यसमध्ये भारतबाट ४० हजार ६४९ र चीनबाट १८ हजार ८३० जना पर्यटक नेपाल आएका छन् ।

सन् २०१९ को डिसेम्बर अन्तिमदेखि चीनको दक्षिण–पूर्वी प्रान्त हुपेईको राजधानी वुहानमा देखा परेको वेला ‘नोभेल कोरोनाभाइरस–२०१९’ (कोभिड–१९) को महामारीको असरका कारण विश्वभरिकै पर्यटन क्षेत्र नराम्रोसँग प्रभावित भएको छ । त्यसमा नेपालको पर्यटन मात्रै अछूतो रहने कुरो भएन । यसरी हेर्दा सन् २०२० मा २० लाख विदेशी पर्यटक नेपाल भित्र्याउने लक्ष्य लिईएको भएता पनि दुई लाख २० हजारमै (किनभने, डिसेम्बरमा खासै धेरै विदेशी आउलान जस्तो छैन्) चित्त बुझाउनुपर्ने देखिन्छ ।

प्रकाशित मिति १८ पुष २०७७, शनिबार १०:२५

सम्बन्धित समाचारहरु