समुदायलाई लक्षित समाचार लेखन तालिम सुरु

शेर्पा युवाहरुलाई लक्षित गरि संचालन गरिएको समाचार लेखन तालिम २०७६ माघ १ गतेदेखि सुरु भएको छ । शेर्पा सञ्चार समुह नेपालले आयोजना गरेको तालिमको उद्घाटन संस्थाका निवर्तमान अध्यक्ष फुर्किमा शेर्पाले गनु भएको हो । करिब २५ जना भन्दा वढी विद्यार्थीहरुको सहभागिता रहेको सो तलिमको सहजिकरण पि. टि लोप्चनले गर्ने भएको हो । विभिन्न सञ्चार माध्यममा काम गरी अनुभव प्राप्त प्रशिक्षकबाट तालिम दिइने भएको हुदा कार्यक्रम प्रभावकारी हुने आशा राखिएको संस्थाका अध्यक्ष निमल्हेकी शेर्पाले बताउनु भयो ।
शेर्पा सञ्चार समुह नेपालले शेर्पा समुदायलाई लक्षित गरी संचालन गरेको सो तालिममा तीन जना तमाङ्ग समुदायका युवाहरुले समेत सहभागीता जनाएको तालिम संयोजक डोल्मा शेर्पाले जनाकारी दिनु भयो । राजधानीको बौद्धमा टुसालमा सुरु भएको तालिममा पत्रकारिताको परिचय, समाचार लेखन विधि, फिचर लेखन, पर्यटन र अनलाईन पत्रकारिता विषय समेटिन छ । तलिम १० दिन सम्म सञ्चालन हुने छ ।
शेर्पा संञ्चार समूह नेपालले आफ्नो बार्षिक कार्यक्रम अन्तर्गत नियमित रुपमा पत्रकारिता, फोटोपत्रकारिता, उद्घोष, लगायत सञ्चार सँग संबन्धित विभिन्न तालिमहरु प्रदान गर्दै आईरहेको छ भने शेर्पा समुदायमा सञ्चर माध्यमको महत्व र आवश्यक्ताका विषयमा सचेतना र जागरण सम्वन्धी कार्यक्रमहरु आयोजना गर्दै आएका छन् । संस्थाले विशेष गरी मूलधारको मिडियामा उपस्थिती बढाउन तालिमले भूमिका खेल्ने’ विश्वास रखिएको छ ।

प्रकाशित मिति १ माघ २०७६, बुधबार २१:००