साक दवाको छोटो परिचय

सम्पूर्ण धर्म प्रेमी श्रद्धलू भक्तजनहरु! हिमाली भोट बौद्ध ज्योतिष अनुसार चौंथो महिना लाई सागा दावा भनिन्छ। यस महिना अावधी भित्र नै भगवान बुद्धको जन्म, बुद्धत्व लाभ र महापरिनिर्वाण ज्ञान प्राप्त जस्ता तिन महान तिथिहरु पर्ने भएको हुनाले बौद्ध हरुले यस महिनालाई “त्रिसंयोग” पुण्य पावन तिथिको रुपमा मान्ने प्रचलन छ। यसो भनिरहँदा हाम्रो मनमा एकप्रकारको जिज्ञासा उठ्दछ कि भगवान बुद्धको जन्म त बैशाख पूर्णिमा हो। बिश्व संयुत्तराष्ट्र संघको सुचिमा उल्लेखित भएको पनि बैशाख पूर्णिमा नै हो। जसलाई बुद्ध पूर्णिमा पनि भनिन्छ कुरा सत्य हो । तर अार्को सत्य यो पनि हो सागा दावाको पूर्णिमा कहिले जेठमा त कहिले बैशाखमा पर्दछ। प्रतेक तिन,तिन बर्षमा बैशाख पूर्णिमा र सागा धावाको पूर्णमा एकै दिनमा पर्दछ। बौद्ध ज्योतिष बिद् हरुको भनाई अनुसार भगवान बुद्ध जन्म हुनुभएको समय बैशाख पूर्णिमा नै हो तर त्यो समयमा सागा दावा पूर्णिमा र बैशाख पूर्णमा सँगै संयोग परेको थियो त्यसैले बौद्ध धर्मल्वाम्बी हरुले सागा दावा लाई त्रिसंयोग महान तिथिको रुपमा मान्दै अाएको हो। यस महिना लाई पुण्य संचयको अाधारमा “बुम् ग्युरगी दावा” पनि भनिन्छ अरु समयमा गरेको पुण्य दान, शील, पुजा, ढोग,ध्यान जप, साधना, परिक्रम ईत्यादी भन्दा यस सागा धावा तिथि अावधी भित्र गरेको पुण्य लाखौं गुणाले पुण्य बृद्धि भएरा जाने कुरा बौद्ध सुत्र तथा शास्त्रहरुमा उल्लेखित छन्।
सागा दावाको मूल तिथि जेष्ठ १५ गते परेको छ भने सागा दावा महिना जेष्ठ २ गते देखि जेष्ठ ३० गते ठिक एक महिना सम्मा सम्पूर्ण श्रद्धालू भक्तजन हरुले सक्दो बिशेष पुण्य संचय गर्नुहोला सके सम्म मासुमंस नखानु। लसुन नखानु। ञ्युङ्ने ब्रत, बौद्ध ग्रन्थ बाचन, पुजा पाठ, मणि जप, भोजन दान अर्पण, बस्त्र दान अर्पण ईत्यादी अाफ्नो समय र अावस्थ अनुकूल सक्दो पुण्य संचय गर्नु सक्नुहुन्छ ।
भावतू सब्ब मंगलम् !
यो लेख लामा पासङ शेर्पा पिनासाको फेसबुक बाट साभार गरेको हो.

प्रकाशित मिति २ जेष्ठ २०७५, बुधबार १७:३७