सानै उमेरमा जलवायु परिवर्तनले पार्ने असरको अध्ययन गर्दैः सोनाम शेर्पा

ताप्लेजुङको माइयोखोला ४ मा २०६२ सालमा जन्मिएका सोनाम शेर्पा उमेरले अहिले १५ बर्ष पुगेको छ । एसइइ दिएर बसेको सोनामलाई सानै देखि जलबायु परिवर्तनले भविष्यमा ठुलो असर गर्न सक्छ भन्नेमा चिन्ता थियो । बुवा पिके शेर्पासगैँ बाल्यकाल विताएका सोनाम सानै उमेर देखि पर्यटकिय क्षेत्रमा घुम्न जाने प्रकृतिलाई नजिकबाट नियाल्ने बानी थियो । अहिले जलवायु परिवर्तनलाई न्युनिकरण गराउने उद्देश्यका साथ जलवायु परिवर्तनका लागि बुवा छोरा सात महादेशको हिमाल आरोहण अभियानमा लागि परेका छन ।

सानै उमेर देखि प्रकृतिसगँ नजिक भएका सोनाम शेर्पाले २०१९ मा मिस एण्ड मिस्टन टिन शेर्पामा भाग लिएका थिए । त्यस बेला सानो उमेरको सोनाम शेर्पा मात्र थियो । उनको जलवायु र वातावरण सम्बन्धिको ज्ञानले सवैलाई चकित बनाएको थियो ।

अहिले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) ले विश्वलाई नै असर गरि रहेको समयमा सोनाम शेर्पा प्रत्येक दिन जलवायु परिवर्तन र बातावरण सम्बन्धि अध्ययन अनुसन्धान र लेख रचना तयार गरि लकडाउनको समयको सदुपयोग गरि रहेको छ । उमेरले सानै भएपनि जलवायु परिर्वतन सम्बन्धी वकालत गर्न सक्ने भएका छन । जलवायु परिवर्तनले विश्वलाई नै असर गरि रहेको छ भनी विश्वका युवाामाझ सन्देश प्रवाह गर्न लागि परेको छ ।

प्रकाशित मिति ३१ श्रावण २०७७, शनिबार १२:१७