सिक्किममा भब्यताका साथ मनायो दोश्रो विश्व शेर्पा दिवस

विश्व शेर्पा संघ (जाम्बुलिग शेर्वी छोक्पा) ले विश्वभरिको शेर्पा प्रतिनिधिहरुको उपस्थितिमा सिक्किममा दुई दिन
दोश्रो विश्व शेर्पा दिवस भब्यताका साथ मनायो । सिक्कमस्थित मनन केन्द्रमा आयाजित दुई दिने कार्यक्रमको पहिलो दिन सिक्किम सरकारको मन्त्री एनएन शेर्पाले र दोश्रो दिन सिक्किम सरकारको मुख्य मन्त्री पिएस गोलेको प्रमुख आथिथ्यमा भएको थियो ।

दुई बर्ष अघि काठमाडौमा सम्पन्न पहिलो ऐतिहासिक विश्व सम्मेलनले घोषणा अनुसार हरेक बर्षको अक्टुबर ८ तारिख विश्व भरि विश्व शेर्पा दिवस मनाउर्दै आएका छ । त्यही अनुसार यस पटक सिक्किमस्थित शेर्पा समुदायको साझा सस्था डेन्जोग शेर्पा एसोसियसनको संयोजनमा विश्व शेर्पा दिवस मनाएको थियो । दिवस विश्व संघका अध्यक्ष्ँ एडि शेर्पाको सभापतित्वमा भएको थियो ।

अक्टुबर ८ तारिख बौद्ध धर्म गुरु जिग्टल रिम्पोचेद्धारा विश्व शान्तिको मन्त्र पाठ, सिक्किम सरकारको मन्त्री एमएन शेर्पाले दिप प्रज्लवनसंगै नेपाल सरकारको संघीय सांसद जीपछिरि लामा शेर्पाले शेर्पा समुदायको मुख्य परिकार फेमार काटेर उदघाटन गरेका थिए । हिमाल जोगाऔ पृथ्वी बचाउन भन्ने मुल नाराका साथ आयोजित दोश्रँे दिन सिक्किम सरकारको मुख्य मन्त्रि पिएस गोलेको प्रमुख आतिथ्यमा भएको थियो ।
त्यस्तै गेष्ट अप अनरको रुपमा नेपाल सरकारको संघीय सांसद जिप छिरिंग लामा, प्रदेश सभासद डिएन लामा, अतिथिहरुको रुपमा सिक्किम सरकारको मन्त्रिहरु कुंगा निमा लेप्चा,विएस पन्त, कर्मा लोडे भुटिया, साम्डुप लेप्चा र मिंगमा नुर्ब शेर्पा र सिक्किम सरकारकै पुज्यनिय सोनाम लामाको उपस्थिति रहेका थिए । अतिथिको रुपमा नेपालको पुर्व सासद तथा पुर्व राजदुत लहकी शेर्पा, सोलुखुम्बु जिल्लाको मेयर नाम्गेल जाङबु शेर्पा, दार्जिलिङ शेर्पा कल्चरल बोर्डका अध्यक्ष निमा वाङदीको उपस्थित थिए ।

कार्यक्रममा विश्व शेर्पा संघ जम्बुलिङ शेर्वी छोक्पाले मुख्यमन्त्रि पिएस गोले, मन्त्रि मिङमा नुर्बु शेर्पा, नेपालको सांसद जिप छिरिङ लामा शेर्पा र प्रदेश सभासद डिएन लामालाई सम्मान गरिएको थियो । त्यस्तै नेपाल शेर्पा संघले डेन्जोङ शेर्पा संघलाई र डेन्जोङ शेर्पा संघले पनि नेपाल शेर्पा संघलाई मायाको चिनो प्रदान गरिएको थियो ।

कार्यक्रममा नेपाल र विदेशका आएका प्रतिनिधिहरुको साथै दार्जिलि र स्थानीय सिक्क्मिका हजारौ शेर्पाहरुको उपस्थिति थिए । दुई दिने औपाचारिक कार्यक्रम सके लगतै सिक्क्मिको शेर्पा गाउ बाखिममा शेर्पा लुक्सुल छोढकले तेस्रो दिन शेर्पा लुक्सुल बाखिमले मौलिक शेर्पा स्वागतसंगै बेलुकी सास्कृतिक कार्यक्रमसंगै मौलिक ढंगले स्वागत गर्नुको साथै र्चौथो दिन विहान विदाई गरेका थिए । कार्यक्रममा स्थानीय धार्मिक व्यक्तित्व शेर्पा पौउ र लोपेन कर्मा दावा लगायत बाखिम लगायत छ वटा गाउका बासिन्दाहरुको उपस्थिति थिए । शेर्पा भाषा र सस्कृतिमा निकै सत्रियताका साथ अघि बडेका सिक्किमबासी शेर्पा समुदायले आफनो भााषा धर्म र सस्कृति संरक्षणका लागी उदाहरणीय कार्य गरेको भनी सासद जिपछिरिङ लामा शेर्पा खुसी ब्यक्त गरेका थिए । सासद लामाले सिक्किम राज्यमा सम्पन्न विश्व शेर्पा दिवसले सिक्किम र नेपालको शेर्पा बीच समुधुर सम्बन्ध स्थापना हुनका साथै आत्मीयता बडेको बताए ।

त्यस्तै जम्बुलिङ शेर्वी छोक्पाका अध्यक्ष आङ दोर्जी शेर्पाले विश्वभरि छरिएर रहेका शेर्पाहरु सिक्किममा भेला भएर हिमाल जोगाउ र पृथ्वी जोगाउन अभियानसंगै शेर्पा दिवस मनाएर विश्व माझ एकता र वातवारण संरक्षणको राम्रो सन्देश दिन सफल भएको बताएका थिए । ‘हाम्रो भाषा धर्म र सस्कृति संरक्षणसंगै हरेक वर्ष विश्व शेर्पा दिवस मनाउदै समाजमा देखिएको विकृति हटाउनु हाम्रो उद्धेस्य हो’ । अध्यक्ष आङ दोर्जी शेर्पाले बताए ।

त्यस्तै सिक्किम सरकारको मुख्यमन्त्रि पिएस गोलेले सिक्किममा पहिलो पटक विश्वभरिका शेर्पाहरु भेला भएर वातवारण संरक्षण र एकताको सन्देशले सिक्किम सरकारलाई खुसी तुल्याएको बताउदै विश्व शेर्पा दिवसको शुभकामना दिएका थिए । कार्यक्रममा शेर्पा संघ अमेरिकाका अध्यक्ष निमा शेर्पा, वेल्जियम शेर्पा किदुगका अध्यक्ष आङ दोर्जि सोनाम शेर्पा, पोचुगलबाट निमल्हामु शेर्पा , अष्ट्रिलियाबाट निमा गेल्जे शेर्पा लगायत करिब २० मुलुकबाट प्रतिनिधित्व गरेका थिए ।

त्यस्तै नेपालबाट सोलुखुम्बु जिल्लाका मेयर नाम्गेल जाङबु शेर्पा, नेपाल पर्वतीय प्रतिष्ठानका अध्यक्ष ल्हाकफुटी शेर्पा, शेर्पा महिला संघको अध्यक्ष निमी शेर्पा, शेर्पा संघको बरिष्ठ उपाध्यक्ष डा ल्हाक्पा शेर्पा, उपाध्यक्ष गेल्जे शेर्पा, शेर्पा सञ्चार समुहका अध्यक्ष निमल्हाकी शेर्पा, शेर्पा विद्यार्थी मञ्चका अध्यक्ष सांगे निमा शेर्पा, शेर्पा संघ सोलुखुम्बुका अध्यक्ष पिके शेर्पा लगायतका उपस्थिति थिए । तीन दिने कार्यक्रममा नेपालबाट सिक्किम पुगेका हिमालयन सास्कृतिक केन्द्रका कलाकाहरु र स्थानिया सिक्किमका कलाकाहरुले मौलिक शेर्पा सास्कृति झल्कने शेर्पा गीत तथा नृत्यहरु प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति २५ आश्विन २०७६, शनिबार ०६:२५