सोच परिर्वतन गरौँ

देशको विकाश गर्न सरकारलाई मात्र दोष हैन जनता आफैपनि सचेत हुन जरुरी रहेछ र सुरुवात अरुले गरिदेला हैन आफैबाट हुनु पर्ने रहेछ । विदेश गएर भाषा, लवाइ खुवाइमा मात्र परिर्वतन हैन त्यहा सिकेका कुरालाई ल्याएर देश विकास गर्नमा लाग्नु पर्ने रहेछ । सोच परिर्वतन गर्न जरुरी रहेछ ।

हामी नेपाली विदेश भ्रमण गछौँ विदेशी सांस्कृतिको नक्कल गछौँ, उनीहरु जस्तै बन्न खोज्छौँ र व्यावहार परिर्वतन गर्न खोज्छौ र तर यी कार्य गर्दैमा विदेशी लय, विदेशी जिवनशैली हुन सक्छ भन्ने मानसिकता प्रयामा रही आएको छ । यो गतल हो यसलाई हामीले न्युनिकरण गर्न सक्नु पर्छ । विदेशी जिवन शैली अपनाउनु पुर्व म को हु, म कुन संस्कार संस्कृतिमा जन्मिएको छु र कुन देशमा छु भनी बुझ्न गरुरी छ ।

हामीे नेपाली जुनसुकै देशमा गएपनि हाम्रो भाषा नेपाली हो भनी सम्जनु पर्छ । कुन संस्कार संस्कृतिबाट आएको हो भनी बुल्नु हुदैन । हामीले हामी नेपाली भनी गर्व गर्नु पर्छ अर्काको सिको, भाषा, र लिपि जान्दैमा विदेशी भइदैन हाम्रो आफ्नो पहिचान के हो भनी बुभ्mन जरुरी छ । विदेशी भुमिका गएर त्यहाको विकास कसरी भइ रहेको छ, शिक्षा, स्वास्थ्यको विकाश कसरी भइ रहेको छ भनी जान्न जरुरी छ । त्यहाको जिवन शैलि अपनाउन सकिन्छ तर आफ्नोपन कहिल्यै विर्सनु हुदैन ।

विदेशीको विकास निमार्ण, त्यहाको संस्कार संस्कृतिबाट मानसिकता र सोच परिर्वतन गर्न सिक्नु पर्छ पौरानिक देखि चल्दै आएको संस्कार संस्कृति भाषा लिपिलाई सर्वधन गर्दै त्यसलाई जिवनमा उपयोग गर्नु पर्छ देशको विकास भएन भएन भन्ने हैन सक्छौँ त हामी आफैले आफ्नो सोच विचार परिर्वतन गरि देश विकासमा लागि पर्नु पर्छ ।

म बर्षमा एक वा २ बर्षमा एक चोटी विदेश भ्रमणमा निस्कन्छु । म प्रया विदेशमा हुने अन्तराष्ट्रिय सम्मेलनहरुमा भाग लिन जाने गरेकी छु विशेष गरि हिमाली भेगसगँ र जनजाती सम्बन्धी विभिन्न कार्यक्रममा भाग लिन जाने गर्छु । त्यहा जादा मलाई गर्व लाग्छ एक नेपाली चेली भएको नाताले र अर्कौ हिमाली भेगबाट भएकीले र त्यसमा पनि शेर्पा समुदायबाट पत्रकारीता विषय अध्ययन गरि पत्रकारीता गरिरहेकी एक महिला र पहिलो पटक सगरमाथा आरोहण गर्ने महिला शेर्पा पत्रकारको नाताले विदेशी कार्यक्रममा भाग लिदाको अनुभव नै वेग्लै महसुज गर्छु । मलाई नेपाली हुनमा गर्व लाग्छ जव म अन्तराष्ट्रिय कार्यक्रममा नेपाली चेली, सगरमाथा आरोही भनी परिचय दिदा गर्व महसुज गर्छु । कार्यकाक्रमा सहभागीहरुले नेपालको बारेमा सोधिएका प्रश्नको जवाफ दिदा र उनीहरुले नेपालको बारेमा भन्ने गरेका सकारात्मक कुराहरु सुन्दा गर्व लाग्छ ।

नेपालका हिमाल हिमालसगँ सम्बन्धित विभिन्न किताव र फिल्महरु विदेशी भुमिमा देखाइएको र प्रदर्शन भएको देख्दा गर्व लाग्ने गर्छ तर दुखको कुरा यि कार्य हामी नेपालीले किन गर्न सकेन ? किन हाम्रोमा भएका स्रोत साधन र प्रकृतिले दिएको उपहारलाई सही सदुपयोग गर्न नसकेको जस्तो लाग्यो । एका तिर नेपालको बारेमा सवैले चर्चा परिचर्चा गरिरहेको बेला अर्को तिर किन यी कार्य हामीले गर्न सकेन भनी दुखी हुने गर्छु । नेपाली हुनुमा मात्र गर्व थियो त्यसमा पनि हिमाली समुदायबाट भएकीले गर्व नगर्ने त कुरै भएन ।

२०१९ को अक्टोवर ११ र २० मा फ्रान्समा आयोजना गरिएको सिने २००० र ट्राभल फेन्टिवलमा भाग लिन म गएकी थिए । विदेश प्रया गइ रहने भएकोले मलाई नौलो लागेको थिएन तर यस वर्ष मलाई किन हो किन उत्साहित बनाइ रहेको थियो किनभने विभिन्न नाराका साथ सगरमाथा आरोहण गरेका ८ जना नेपाली महिलाहरुको संघर्षको कथामा आधारित वृत्तचित्र (सुन्दर उडानहरु) प्रदर्शन भएको थियो । यसमा मेरो आफ्नो संघर्षको कथा समेटिएको थियो । मेरा कुरा र मेलै पत्रकारीता गर्दाको कथा व्यथा समेटिएको थियो ।

पत्रकारीताको सुरुवातसगै २०१८ मा हिमाल आरोहण गरेका कुराहरु यसमा समेटिएको थियो । हिमाली भेगबाट पत्रकारीतामा लाग्दाको अनुभवहरु यस बृत्तचित्रमा समलित थिए । मलाई भन्ने नै हो भने पत्रकारीता पेशामा आउन धेरै संघर्ष गर्नु परेको थियो मैले अनलाइन, रेडियो हुदै अहिले टेलिभिजनमा कार्यक्रम उत्पादन र प्रस्तोताको रुपमा काम गरि रहेकी छु मैले २०१८ मा महिला संशक्तिकरण र हिमाली भेगका आवाज विहिनहरुको आवाज भन्ने हेतुका साथ सगरमाथा आरोहण गरेकी थिए । सगरमाथा लगायत विश्वमा रहेका अन्य हिमाल आरोहणमा आरोहीले कस्ता समस्या भोगी रहेका छन भनी उनीहरुको कथा बस्तुमा आधारित बृत्तचित्र (पिलर अफ दि माउन्टेन) निमार्ण गरि सकेकी छु भने महिला संशंक्तिकरणका लागि म अहिले आदिवासी जनजाती युवा महासंघमा महिला उपाध्यक्षको रुपमा कार्यरत छु मैलै २०१९ मा दुइ विधुवा महिला सगरमाथा आरोहण अभियानको लिड पनि गरेकी थिए उनीहरु दुइ जना सगरमाथामा श्रीमान घुमाइ विधवा भइ बसेकी दुइ महिलालाई सगरमाथाको सफल आरोहण गराउनका लागि आािर्थक संकलन देखि लिएर संचार माध्यममा ल्याउने कार्य गरेकी थिए । मेरो पत्रकारीता,सगरमाथा आरोहण र समाजसेवामा लागि परेको देखेर फ्रान्सका जेन र एनाले सामाजिक संजाल फेसबुक मार्फत मलाई संम्पर्क गरि मेरो कथालाई सुन्दर उडान नामक बृत्तचित्रमा समेट्ने जानकारी दिनुभएको थियो । उनीहरुले मेरो सामाजिक संजाल मार्फत नै मलाई सम्पर्क गरि मेरो कथालाई वृत्तचित्रमा उतारिएको थियो । यही बृत्तचित्र फान्समा प्रदर्शन भएको थियो ।

यस वृत्तचित्र फान्सका जेन र एनाले बनाएका हुन उनी दुइ जना प्रया बार्षिक रुपमा नेपाल आउने र फान्सबाट नेपाल गुम्न जाने फ्रान्सेलीहरुलाई लिएर आउने गर्छ उनीहरु दुइ जनाले नेपालको बारेमा वृत्रचित्र निमार्ण, कितावहरु प्रकाशन गरेका छन । नेपालको बारेमा प्रचार प्रसार गरि रहेका हुन्छन । उनीहरुले नेपालका प्रया हिमाली भेग घुमि सकेका छन । जेन एम अस्लिन २०१७ मा नेपालको पर्यटन प्रवर्धनका लागि सद्भावना दुत पनि भएका थिए ।
नेपाली आठ सगरमाथा आरोही महिलाहरुको कथाबस्तुमा बनाइएको सुन्दर उडानहरु नामक बृत्तचित्रमा आठ महिलाले जिवनमा गरेका संघर्ष र हिमाल आरोहण गर्दाका अनुभव र हिमाल आरोहण गरि सकेपछिका चुनौतीहरुको बारेमा आधारित थियो । यो बृत्तचित्र हेरी फान्समा रहेका महिलाहरुमा पनि सकारात्मक सन्देश प्रवाह भएको थियो उनीहरु बृत्तचित्र हेरेपछि रोएका थिए भने कतिले प्रश्न पनि गरेका थिए । नेपाली महिला र आरोहण पेशाको सम्मान गरेका थिए ।

वृत्तचित्र प्रर्दशन पछि निर्माता हामीलाइ स्टेजमा आमन्त्रण गरिएको थियो । सयौँका संख्यामा रहेका दर्शकका माझमा उभिएर नेपालको प्रतिनिधित्व गर्दै नेपालको आरोहण र आफ्नो योजनाका बारेमा बोल्दा मलाई नेपाली चेली हुनुमा र विदेशी भुमिमा आयोजना गरिएका अन्तराष्ट्रिय चलचित्र महोत्सवमा उभिएर गर्वका साथ नेपाल र नेपालको पर्वतिय पर्यटन र पर्यटन वर्ष २०२० को बारेमा जानकारीसगै मेरा संघर्षका कथा सुनाउदा भाबुक पनि भएकी थिए भने उत्साहित भएको थिए । मलाई हिमाली देश शान्तिका अग्रदुत गौतव बुद्ध जन्मिएको देश भनी चिनाउन गर्व लागेको थियो उनीहरुले सोधिएका प्रश्नको जवाफ दिदा उनीहरुको उत्साहित प्रश्न नेपालको बारेमा सोधिएका राम्रा राम्रा प्रश्नको जवाफ दिदा मलाई गर्व महसुज भएको थियो ।

एक तिर म स्टेजमा बसेर अग्रेजीमा जवाफ दिइ रहेकी थिए भने अर्को तिर फ्रान्सेली भाषामा अनुवाद गरि रहेको थियो पहिलो चलचित्र महोत्सवमा अग्रेजीमा बोलेका कुरालाई फ्रान्सेली भाषामा अनुवाद गरिएको थियो भने दोस्रो चलचित्र महोत्सवमा भाग्यबस नेपाली आरोही याङजी शेर्पाले हामीले नेपालीमा बोलिएका कुरालाई फ्रान्सेली भाषामा अनुवाद गरि दिएका थिए । त्यहा आफ्नो मातृभाषा र राष्ट्रिय भाषालाई एकदमै महत्व दिइ रहेको थियो । उनीहरु अन्तराष्ट्रिय भाषा भन्दा पनि फ्रान्सेली भाषामा नै राष्ट्रिय तथा अन्तराष्ट्रिय कार्यक्रमहरु गर्ने रहेछन । यसरी कार्यक्रम गरि रहेको देख्दा मलाई जट्ट नेपालमा आयोजना हुने राष्ट्रिय तथा अन्तराष्ट्रिय कार्यक्रमहरुको याद आयो र म लज्जित पनि भए हामी हाम्रो मातृभाषा र राष्ट्रिय भाषा बुलेर पश्चिमेली भाषा जानी नजानी कार्यक्रम संचालन गर्ने गर्छौ यसमा मलाइ नमिठो अनुभव भयो ।
सम्झे नेपालमा हुने राष्ट्रिय तथा अन्तराष्ट्रिय कार्यक्रमहरु नेपाली भाषामा नै भइदिए कति राम्रो हुने थियो हामीले हाम्रै भाषालाई प्रथामिकता दिए कति राम्रो हुने थियो भन्ने मलाइ लाग्यो ।
यस कार्यक्रमको दौरानमा मैले के सिके भने भाषा महत्वपुर्ण रहेछ । देशको विकाश गर्न सरकारलाई मात्र दोष हैन जनता आफैपनि सचेत हुन जरुरी रहेछ र सुरुवात अरुले गरिदेला हैन आफैबाट हुनु पर्ने रहेछ । विदेश गएर भाषा, लवाइ खुवाइमा मात्र परिर्वतन हैन त्यहा सिकेका कुरालाई ल्याएर देश विकास गर्नमा लाग्नु पर्ने रहेछ । सोच परिर्वतन गर्न जरुरी रहेछ । जव हाम्रो सोच परिर्वतन हुन्छ तव मात्र देश विकासको गति तिर लम्कन सुरु गर्छ अर्कौ कुरा शिक्षा एकदमै महत्वपुर्ण भएकाले गर्दा शिक्षामा जोड दिन जरुरी रहेछ ।
आफ्नो काम कतव्र्य के हो र म कुल देशबाट छु मेरो देशको गौरव के हो भनी ध्यान दिएर अगाडी बढ्न गरुरी छ । नेपालीको पहिचान विदेशी भुमिमा राम्रो छ हिमालै हिमालको देश भनी चिनिएको नेपाललाई अजै अगाडी बढाउन सोच परिर्वतन गर्न गरुरी छ ।

प्रकाशित मिति १ असार २०७७, सोमबार १३:०१