सोलुखुम्बुमा जिप दुर्घटना

आईतबार विहान करिब ७ बजे सल्लेरीका लागि यात्रु उठाउन गएको ना १ ज ३६६० नम्बरको सुमो जीप नेचासल्यान गाउँपालिका २ सल्यान राईडाँडाको घम्तीवाट करिब एकसय मिटर खस्दा चालक शख्त घाईते भएका छन् ।
घाईते चालक नवराज ढुंगानाको प्राथमिक स्वास्थ्य केन्द्र सल्यानमा प्राथमिक उपचार पछि थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाण्डौ लैजाने तयारी भईरहेको अस्थायी प्रहरी चौकी सल्यानका असही ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

चालक नेचासल्यान गाउँपालिका १ सल्यानका हुन् भने उनीसंग सवारी चालक अनुमति पत्र समेत नभएको खुल्न आएको छ । राईडाँडाको घुम्तीमा ब्याक गरि जीप घुमाउने क्रममा भिरवाट खसेको प्रहरीको भनाई छ ।

जीपमा सवार सल्यानका एक यूवा भने हामफालेर बाच्न सफल भएका छन् ।

प्रकाशित मिति २३ मंसिर २०७५, आईतवार १६:३१

सम्बन्धित समाचारहरु