सोलुखुम्बुमा पहिरोले एक घर बगायो, ४ घर जोखिममा

सोलुखुम्बु : बर्षा सहितको पहिरोले सोलुखुम्बुको महाकुलुङ गाउँपालिका २ नाजिङमा १ घर बगाएको छ भने ४ घर उच्च जोखिममा परेका छन् । विहिबार विहान गएको पहिरोका कारण स्थानिय जीत कुविर राईको ढुंगा माटोले बनेको २ तले घर पुरिएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

प्रहरी निरिक्षक(ईङ्स्पेक्टर) महेन्द्र दर्नालका अनुसार घर माथीबाट आएको पहिरोले घर बगाउँदा घर भित्र भएका सम्पुर्ण धनमाल सहित एउटा सुंगुर समेत पुरिएको छ । ५ जनाको परिवार बस्दै आएको घर पहिरोले बगाएपनि विहान भएका कारण भागेर ज्यान बचाउँन सफल भएको पिडितको भनाई छ ।

सोही पहिरोका कारण स्थानिय जसविर राई, हर्कजित राई, भिमकुविर राई र राम कुमार राईको घर समेत उच्च जोखिममा परेको छ । उनीहरुलाई सुरक्षित स्थानमा सार्ने काम भईरहेको प्रहरीले जनाएको छ ।

-Source:Solu FM

प्रकाशित मिति २ आश्विन २०७७, शुक्रबार १६:०७