सोलुखुम्बुमा मौसम खराब पर्यटक काठमाडौँ मै अलपत्र

मौसम खराविका कारण विहिबार फाप्लु विमानस्थलमा उडान हुन सकेन । काठमाडौँबाट लुक्ला एक वटा उडान गरेको भए पनि त्यसपछि विमान आवत जावत हुन सकेको छैन ।
फाप्लुबाट पनि २ वडा हेलिकप्टरले लुक्लाकालागि उडान भरे पनि मौसममा सुधार आउन नसके पछि हेलिकप्टर पनि उड्न नसकेको फाप्लु विमानस्थलका प्रमुख अमित चौरसीयाले जानकारी दिनुभयो ।
लुक्ला विमानस्थलको विकल्पमा रहेको फाप्लु विमानस्थलमा पनि उडान हुन नसक्दा यात्रुभने मारमा परेका छन । पर्यटकिय सिजन भएकाले यो समयमा विदेशि यात्रुहरु सोलुखुम्बुको यात्रामा आउने गरेका छन । उडान नहुदा पर्यटकहरु काठमाडौँमा बस्न बाध्य भएका छन ।

हिजो भने सोलुखुम्बुको फाप्लु विमानस्थलमा अहिले विमानको चाप बढेको थियो । लुक्लाको मौसम खराबिका कारण लुक्ला जाने विमान फाप्लुमा अवतरण गरिएकाले चाप बढेको हो ।
काठमाडौबाट लुक्काकालागि उडेका विमान फाप्लुमा अवतरण हुने गरेका थिए । उक्त बिमानबाट आएका यात्रुलाई हेलिकप्टर मार्फत लुक्ला बिमानस्थल लैजाने गरेका थियो ।

तस्बिर: Pasang Tshering Sherpa को फेसबुक बाट

प्रकाशित मिति १९ आश्विन २०७५, शुक्रबार ०५:१८