सोलुखुम्बुमा २ बालबालिकाको जलेर मृत्यु

सोलुखुम्बु : मतानमा आगालागी हुँदा सोलखुुम्बुको नेचासल्यान गाउँपालिका २ सल्यानमा दुई बालबालिकाको ज्यान गएको छ । ज्यान जानेमा स्थानिय टेक प्रसाद निरौलाका नाति अन्दाजी ७ बर्षिय सुगम निरौला र नातिनी ४ बर्षिया सुदिस्मा निरौला रहेका छन् ।

वडा अध्यक्ष भेष कुमार बास्तोलाका अनुसार शनिबार(आज) दिउसो २ बजे बालबालिकाले लाईटर खेलाउने क्रममा मतानमा आगो सल्किदा उनीहरुको ज्यान गएको हो ।

आगो अहिले नियमन्त्रणमा आईसकेको छ भने शवलाई घटनास्थलबाट बाहिर निकालिएको वडा अध्यक्ष बास्तोलाले जानकारी दिनुभयो । घटना स्थलमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट प्रहरी निरिक्षक महेन्द्र दर्नालको कमाण्डमा प्रहरी प्रस्थान गरेको जनाइएको छ । घटनाको विस्तृत विबरण आउन बाँकी छ ।
-Solu Fm

प्रकाशित मिति १७ माघ २०७७, शनिबार १७:५२