सोलुखुम्बु : अधिक रक्तश्रावका कारण सुत्केरीको ज्यान गयो

सोलुखुम्बु । अधिक रक्तश्रावका कारण सोलुखुम्बुकी एक सुत्केरीको ज्यान गएको छ । शुक्रबार राती २ बजे छेस्काम स्वास्थ्य चौकीमा छोरीलाई जन्म दिए लगत्तै महाकुलुङ गाउँपालिका ३ छेस्कामकी रविमाया कुलुङलाई रक्तश्राव भएको थियो ।

छेस्काम स्वास्थ्य चौकीको रेफर अनुसार थप उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र सोताङ ल्याउँदै गर्दा पेल्माङमा ज्यान गएको छेस्काम स्वास्थ्य चौकीका इन्चार्ज कविराज पाण्डेले जानकारी दिए । पाण्डेका अनुसार बच्चा जन्मिएको करिब ५ मिनेटपछि रक्तश्राव शुरु भएको थियो । विपन्न परिवारकी २८ बर्षिय कुलुङको थप उपचार र उद्धारको कोशिस हुँदाहुँदै शनिबार विहान ६ बजे बाटैमा ज्यान गएको हो ।

छेस्काम स्वास्थ्य चौकीका इन्चार्ज कविराज पाण्डेले भने “राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत हेलिकोप्टर झिकाउने कोशिस पनि भइरहेको थियो । तर उँहाको बाटैमा ज्यान गयो ।” दोश्रो पटक सुत्केरी बनेकी उनले पहिलो पटक पनि छोरीलाई जन्म दिएकी थिइन् । – हिमाल एफएमवाट

प्रकाशित मिति २१ भाद्र २०७७, आईतवार १४:५७