सोलुखुम्बु जुभिङमा सवारी

खुम्बुपासाङल्हमू गाउँपालिका १ जुभिङबाट पहिलो पटक सवारी संचालनमा आएको छ । माप्य दुधकोशी गाउँपालिकाको सहकार्यमा निर्माणाधीन सडकमध्ये ओर्लाङघाट स्थित दुधकोशी नदिमा ह्युम पाईप राखे पछि शुक्रबार जुभिङमा सवारी साधन पुगेको हो ।

खुम्बुपासाङल्हमू गाउँपालिकाको करिब साढे ७ लाखको लागतमा दुधकोशी नदिमा ह्युम पाईप राखिएको हो । १० वटा ह्युम पाईप मध्ये ८ वटा नदिमा विच्छ्याईएपछि आज साना सवारी जुभिङ तारिएको सब–ईन्जिनियर डिक कुमार बस्नेतले जानकारी दिए ।

जुभिङमा यातायात पुगेसंगै स्थानीयले खुसि व्यक्त गरेका छन् । नुनथला, टाक्सिन्दु हुदै सदरमुकाम सल्लेरी हिडेर आवतजावतु गर्दै आएका थिए । माप्य दुधकोशी गाउँपालिकाको काँकु बासा हुदै जुभिङबाट सल्लेरी र राजधानीसम्म यात्रा गर्न पाउने भएपछि जुभिङ क्षेत्रका सर्वसाधारणमा खुसि छाएको हो ।

चालु आर्थिक बर्षमा खुम्बुपासाङल्हमू गाउँपालिकाको केन्द्र चौरीखर्कको क्याङमा सडक पहूँच पु¥याउनका लागि ट्रायक ओपनको काम धमाधम भईरहेको छ । माप्य दुधकोशीको ३९ लाख र खुम्बुपासाङल्हमूको ३९ लाखको लागतमा सडक विस्तारको काम भईरहेको सब–ईन्जिनियर बस्नेतले बताए । अहिले जुभिङकै भूभागमा दुई वटा डोजरले काम गरिरहेको छ ।

-source:himal fm

प्रकाशित मिति ६ फाल्गुन २०७५, सोमबार १८:०७