सोलुखुम्बु बेनिमा आगलागि घर पूर्ण रुपमा जलेर नष्ट

सोलुखुम्बु ः सोलुखुम्बुको सोलुदुधकुण्ड नगरापालिका वडा नम्बर २ बेनिमा आगलागि हुदाँ २ लाख ८९ हजार ७ सयको क्षती भएको छ । बेनि स्थित मपुङका याङदी शेर्पाको घरमा आगलागि हुदा सो रकम बराबरको क्षति भएको हो ।
शेर्पाको उक्त घरजग्गामा ओखलढुङगा खिजिदेम्बा गाउँपालिका ४ का तेज बहादुर तामाङले भाडामा लिएर बसोबास गर्दै आउनु भएको थियो । शुक्रबार विहान साढे सात बजेदेखि लागेको आगो करिव ३ घण्टा पछि नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । आगो ताप्ने क्रममा आगलागिभएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक देउ प्रसाद लिम्बुले जानकारी दिनुभयो ।
आगलागिबाट मानविय क्षती नभएको भए पनि माटोले बनेको टिनको छाना भएको १ तल्ले घर पूर्ण रुपमा जलेर नष्ट भएको छ । त्यस्तै आगलागिबाट एक तोला सुन, २५ तोला चाँदी, नगद ५० हजार र अन्नपात जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
-Solufm

प्रकाशित मिति २८ पुष २०७५, शनिबार १६:१३