सोलुखुम्बु लिखुपिकेमा  बिधुत सट भएर एक घर जल्यो

सोलुखुम्बुको लिखुपिके गाउँपालिका वडा न २ मेस्कि निबासि पारथ बहादुर थापाको भुकम्प प्रतिरोधी घर गएराती आगो लागि भएको छ ।

मङगलबार ८ बजेको समयमा बिधुत लाईन सट भएर आगो लागेको पिडित थापाले सिदा खबरलाई बताउनु भयो ।आगो लागि हुँदा कपडा समेत जलेर नष्ट भएका छन , साँढे ३ तोला भन्दा माथि गहना समेत जलेका र , सुत्ने कोठामा आगो लागेकाले लत्ताकपडा र खाद्यान्न समेत जलेर नष्ट भएको अस्थाई प्रहरी चौकी गोलिका प्रहरी हबल्दार भाग्य नारायण न्यौपानेले बताउनु भयो । यता पिडित थापाले भने करिब १३ लाखको क्षेति भएको बताएका छन ।

बेलुकाको समयमा खाना खाँने बेला भएकाले पनि बिधुत सट भएकोले थाहा नपाएकाले पनि क्षेति बढि भएको पिडित पक्षले बताएका छन । आगोलागि हुनसाथ स्थानिय र गोलि चौकीका प्रहरी समेत पुगेका थिए ।

-bishnu khadka

प्रकाशित मिति २९ माघ २०७७, बिहीबार ०६:४१