सोलुखुम्बुमा भालुको आक्रमणमा परी एक जनाको मृत्यु, ४ जना घाइते

सोलुखुम्बु । भालुको आक्रमणवाट सोलुखुम्बुमा एक जनाको ज्यान गएको छ । महाकुलुङ गाउँपालिका ३ छेस्कामका प्रेम कुलुङको भालुको आक्रमणवाट ज्यान गएको हो ।

३६ बर्षिय प्रेम जंगलमा मालिङ्गो काट्ने गएका बेला भालुको आक्रमणमा परेका थिए । आक्रमणपछि उपचारका लागि छेस्काम स्वास्थ्य चौकी ल्याउने क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

भालुको आक्रमणवाट अन्य चार जना घाइते भएकाछन् । घाइतेहरुको छेस्काम स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । सोलुखुम्बुमा भालुको आक्रमणवाट बर्षेनी ज्यान जानुका साथै अंगभंग हुने गरेको छ ।

Source:Solukhumbu Samachar

प्रकाशित मिति २ आश्विन २०७७, शुक्रबार १५:३०