no-image

सोलुखुम्बु,मंसिर २५ । सोलुदुधकुण्ड नगरपालिकाले चालु आर्थिक वर्षसम्म १७ लाख २५ हजार ८५ रुपैया १९ पैसा राजस्व संकलन गरेको छ ।
नगरपालिका भित्र सञ्चालित ठेक्का दर्ता, संस्था सुचिकृत, जरिवाना, व्यापार व्यवसाय नविकरण, गिट्टी, बालुवा लगायत सेवाबाट उक्त राजस्व संकलन भएको हो ।

नगरपालिकामा अहिलेसम्म २७ वटा ठेक्का निवकरण भएका ‘घ’ वर्गको ठेक्का दर्ता नविकरणबाट ५४ हजार, नगरपालिकाले स्काभेटर भाडा वापत १ लाख ५५ हजार, रोलर भाडा वापत १ लाख ५ हजार, व्यापार व्यवसाय नविकरणबाट ७ हजार ५ सय राजस्व संकलन गरेको छ ।
गिट्टी बालुवाबाट नगरपालिकाले ६० हजार ९ सय २० रुपैँयाँ राजस्व संकलन गरेको नगरपालिकाको राजस्व शाखाका सहायक लेखापाल पेशा कुमारी बस्नेतले जानकारी दिएको सोलु एफएममा समाचार छ ।
श्रोत, सोलु एफएम

प्रकाशित मिति २६ मंसिर २०७५, बुधबार १३:१०