सोलुदुधकुण्ड नगरपालिका वडा नं १० टाप्टिङमा होटल जलेर नष्ट

सोलुखुम्बु जिल्ला सोलुदुधकुण्ड नगरपालिका वडा नं १० टाप्टिङ बस्ने ङ्वाङ ठिले शेर्पाको होटलमा मंसिर २९ गते दिउँसो करिब ३ बजे तिर आगलागी भएको छ।

कोरोना माहामारीको कारण बिगत एक महिना देखि बन्द रहेको होटेलमा आगलागी के कारणले भयो भनी प्रहरी द्वारा अनुसन्धान भैरहेको छ।

आगलागीमा लत्ताकपडा खानेकुरा खाद्यान्न सामाग्री भाडाकुडा देखि लिएर करिब १० लाख बराबरको धनमाल क्षति भएको पारिवारिक स्रोतले जानकारी दिनुभएको छ।

प्रकाशित मिति ३० मंसिर २०७७, मंगलवार १५:१९