सोलुुबाट काठमाण्डौका लागी छुटेको जिप दुर्घटना, ६ घाईते ।

फागुन २३,सोलुखुम्बुबाट काठमाण्डौका लागी छुटेको टाटा सुमो जिप विहिबार सिन्धुलिमा दुर्घटना हुदा ६ जना घाईते भएका छन् । सोलुखुम्बुको नेलेबाट यात्रु लिएर काठमाण्डौका लगाी छुटेको ना १ ज ७०९४ नम्बरको सुमो जिप मध्यपहाडी लोकमार्गमा बससगँ ठोक्किदा ६ जना घाईते भएका हुन् । सिन्धुलीको फिक्कल गाउँपालिका वडा न–५ स्थित मध्य पहाडी लोकमार्ग अन्तर्गत झगरेमा काठमाण्डौंबाट ओखलढुङगा तर्फ जांदै गरेको बा ४ ख ४४३४ नम्बरको बससगँ एक आपसमा ठक्कर खाँदा सुमोमा सवार ६ जना यात्री घाईते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
घाईते हुनेमा सोलुखुम्बु थुलुङदुधकोशी गाउँपालिका वडा न–१ बस्ने वर्ष ८० की देउ कुमारी खत्री सोहि ठाउँकी ३८ बर्षीया कृष्ण कुमारी खत्री, सोलुखुम्बुकै २२ वर्षीया धन कुमारी सार्की, ४५ वर्षीया जाङ्म्मु शेर्पा, निजको छोरा ३ वर्षीय साङ्गे शेर्पा र सुमोका चालक सिन्धुपाल्चोक लिसङखु गाउँपालिका–५ का २४ वर्षीय राजेन्द्र बानिया घाईते भएको प्रहरीले जनाइएको छ ।
घाईतेहरुको अवस्था समान्य रहेको र उनीहरुको उदयपुर घुर्मी स्थित आस्था लाईफ केयर सेन्टरमा उपचार भईरहको जिल्ला प्रहरी कार्यालयले बताएको छ । बसका चालक फरार रहेको र बस तथा बसका मालिक प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ ।
source solufm

प्रकाशित मिति २४ फाल्गुन २०७५, शुक्रबार ०९:०६