सोवोरिक्पा उपाचार बिधिलाई बिस्तार गर्दै सोनाम शेर्पा

सोलुखुम्बू महाकुलुङ्ग गा.पा.का चेरेममा जन्मेका सोनाम शेर्पा यतिबेला मारातिका सोरिग क्लिनिक सञ्चालनमा ब्यस्त छन । सोवोरिगपा यसोसियसन संस्थाका उपाध्यक्ष समेत रहेका उनले २०१० मा टिवेटेन औषधी सम्बन्धि स्नातक तहसम्म अध्ययन गरी शेर्पा यस क्षेत्रमा क्रियाशिल भैरहेका छन् ।

उनले अध्ययन सकाए लगतै एक बर्ष सम्म प्रयोगात्मक रुपमा सेचेन क्लिनिक अस्पतालमा काम गरेका थिए । त्यसपछि २०१२ देखि खोटाङ हलेसीमा टे«डिसनल हरबल क्लिनिक एण्ड हेल्थ केयर सेन्टरमा कार्यरत थिए । हाल शेर्पा हाल यसै सोवोरिगपा उपाचार बिधिलाई बिस्तार गर्न मारातितका सोरिग क्लिनिक सञ्चालनमा ल्याएका छन् । शनिबार बौद्धमा एक कार्यक्रम गरी सो क्लिनिकको उद्घाटन गरिएको छ ।

के हो सोवोरिक्पा ?
सोवा को अर्थ healing रिगपा को अर्थ science रहेको छ । प्राचिन कालमा गौतम बुद्धले प्रतिपादन गर्नु भएको १० बिधा मध्ये महाविधा अन्तरगर्त पर्ने १ विधि हो सोवोरिक्पा । हिमाली क्षेत्रमा बिभिन्न जडीबुटी संकलन गरी बनाइने एक औषधिका रुपमा सोवोरिक्पालाई चिनिन्छ । यसलाई भगवान गौतम बुद्धले ल्याएको उपचारको बिधि भनेर पनि बुझिन्छ । हाल सम्म यो औषधी हिमाली क्षेत्रमा ९० प्रतिशत मानिसले उपयोग गरिरहेको छन् भने काठमाडौंमा २० देखि ३० प्रतिशत र तराईमा १० देखि २० प्रतिशत मानिसले मात्र उपयोग गरिरहेका छन् । यो औषधिले बिस्तारै बिरामीको रोग निको हुने र कुनै साइड इफेट नहुने मारातिका सोरिग क्लिनिक सञ्चालक सोनाम शेर्पाले बताउनु भयो

प्रकाशित मिति २५ बैशाख २०७५, मंगलवार १७:२५