स्पेनिस ला लिगाः बार्सिलोनाको जितमा मेस्सी र स्वारेजले गरे गोल

१५ माघ, काठमाडौं । स्पेनिस ला लिगा फुटबलअन्तर्गत गएराति भएको खेलमा बार्सिलोना विजयी भएको छ । बार्सिलोनाले आलाभेसलाई २–१ ले हराएको हो ।
बार्सिलोनाको जितमा लियोनल मेस्सी र लुइस स्वारेजले एक–एक गोल गरे । मेस्सीले फ्री किकमार्फत् गोल गरेका थिए ।

यो जितसँगै बार्सिलोना र दोस्रो स्थानको एथ्लेटिको मड्रिडबीचको अंक दूरी ११ पुगेको छ । बार्सिलोनाको ५७ र एथलेटिको मड्रिडको ४६ अंक छ ।
यसैबीच, एफए कप फुटबलअन्तर्गत गएरातिको खेलमा म्यानचेस्टर सिटी र चेल्सी विजयी भएका छन् । म्यान्चेस्टर सिटीले कार्डीफ सिटीलाई २–० ले तथा चेल्सीले न्यूकासल युनाईटेडलाई ३–० ले हराएका हुन् ।
-onlinekhabar

प्रकाशित मिति १५ माघ २०७४, सोमबार ०९:४९